गलेश्वरमा शसस्त्र प्रहरीको गुल्म

  • २५ कार्तिक २०७५, आईतवार
  • सन्ताेष गाैतम
  • 2541 पटक पढिएको

म्याग्दी २५ कार्तिक । चिनको स्वशासीत क्षेत्र तिब्बतको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको प्रवेशबिन्दु म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा शसस्त्र प्रहरीको गुल्म स्थापना भएको छ ।

कुश्मा स्थित चण्डिका गण अन्तरगत प्रहरी नायव उपरिक्षकको नेतृत्वमा शसस्त्र प्रहरीको गुल्म स्थापना भएको हो । गुल्ममा हाल ३५ जना प्रहरी खटिएका छन् ।
अस्थाई रुपमा स्थापना भएको गुल्मलाई भौतिक पूर्वाधारको ब्यवस्था गरेर स्थायीमा रुपान्तरण गरिने र जनशक्ति पनि थप हुने प्रहरी नायव उपरिक्षक अनिल कार्कीले बताए ।
यस अघि म्याग्दीमा शसस्त्र प्रहरीको उपस्थिती थिएन् । कुश्माको गणबाट शसस्त्रको सुरक्षा गतिबिधि सञ्चालन हुने गरेको थियो । म्याग्दीमै शसस्त्र प्रहरीको गुल्म स्थापना भएपछि सुरक्षा ब्यवस्थालाई सुदृढ बनाउन र विपद् व्यवस्थापनमा सहज हुने प्रजिअ लीलाधर अधिकारीले बताए ।

सन्ताेष गाैतम