बेनी– काठमाण्डौ अतिस्तरीय यातायात थप सेवा सुरु

  • २१ कार्तिक २०७५, बुधबार
  • 4549 पटक पढिएको

बेनी, २१ कात्तिक । म्याग्दी कोरला यातयात प्रा.लि.ले बेनी देखि काठमाण्डौ सम्मको अतिस्तरीय यातयात सेवा थप विस्तार गरेको छ । बेनी काठमाण्डौ रुटमा अत्याधुनीक सुबिधा सहितको दुईओटा सुपर डिलक्स बस सेवा प्रा.लि.ले बुधबार देखि सेवा विस्तार गरेको हो ।

सर्वसाधारण नागरिक संगै पर्यटक र यात्रुहरुलाई स्तरीय यातयात सेवाको पहुँच पु¥याउने उद्देश्य सहित सेवा विस्तार भएको कम्पनीका सञ्चालक मोहन केसीले जानकारी दिए । दुईओटा यातायात सेवा २१ जना क्षमता भएको सोफासहितको स्तरीयसेवा सुचारु गरिएको छ ।

बेनी–काठमाण्डौमा अत्याधुनिक सुविधा सहितको सुपर डिलक्स यातयात सेवामा एक यात्रुको १हजार ८०० रुपैया भाडा रहेको छ । रात्रीकाली यात्राको बसमा यात्रुलाई आरामदायी सुतेर जाने सोफा, कफी, खाजा, चर्पीसेवा लगायतको सेवा रहेको केसीले बताए ।गत चैतबाट स्तरीय यातयात सेवा सुचारु गरेको यस प्रालिमा सुरत केसी, नगेन्द्र केसी, प्रकाश पौडेल, अर्जुन आचार्य, मोहन केसी, धनकुमार पुन र नरेश रोकायाको लगानी रहेको छ ।

बस सेवाको उद्घाटन गलेश्वर शिवालय मन्दिरमा पुजा गरि यातयात सेवा सुरु गरिएको हो । यात्रुहरुलाई स्तरीय सेवा प्रवाहलाई ध्यान दिएर सेवा विस्तार गरिएको प्रा.लि.का अध्यक्ष सुरत केसीले जानकारी दिए । प्रालिले पोखरा–बेनी–जोमसोम ६ डिलक्स बस, बेनी काठमाण्डौका सुविधायुक्त २ ओटा एसी बस प्रालीले दिदै आएको छ ।