गुर्जामा सामुदायिक तातोपानी स्नान गृह निर्माण

  • २० कार्तिक २०७५, मंगलवार
  • धिरन खत्री
  • 2219 पटक पढिएको


म्याग्दी, २० कात्तिक । म्याग्दीको धौलागिरि गाउँपालिका– १ गुर्जा सामुदायिक स्नान गृह निर्माण गरिएको छ । स्थानीयबासी र आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर तातोपानीबाट नुहाउने सामुदायिक स्नान गृह निर्माण गरिएको हो ।


१३ लाख रुपैया लागतमा ब्यवस्थित तातोपानी स्नान गृहको उद्घाटन प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले गरेका हुन् । सो स्नान गृह निर्माणका लागि साविक गाविस, धौलागिरि गाउँपालिकाबाट ५÷५ लाख, विट्रिसका नागरिकबाट १ लाख २० हजार र हिमाली आमासमुहको सहयोगमा स्नान गृह निर्माण गरिएको हो ।


स्नान गृह निर्माण भएपछि जाडो समयमा स्थानीय तथा बाह्य पर्यटकको लागि स्नान गर्न सहज हुने वडा अध्यक्ष झक छन्त्यालले बताए । स्थानीयलाई एकचोटी नुहानेलाई २० रुपैया हो । भने बाह्य पर्यटकलाई १०० रुपैया शुल्क निर्धारण गरिएको छ । गुर्जा, चुरेन, मानापाथी लगायतका दर्जनौ हिमाल हेर्न आउने पर्यटकलाई स्नान गृहको सुविधाले थप टेवा पुग्ने देखिन्छ ।


स्नानगृह उद्घाट्न कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सदस्य थापाले आन्तरिक तथा बाह्य पर्यटकलाई आवश्यक सुविधा लागि निर्माण गरिएको स्नान गृहले थप सहयोग पुग्ने बताए ।त्यस्तै सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, शसत्र प्रहरीका डिएसपी अनिल कार्की, नेपाल प्रहरीका डिएसपी वीरबहादुर बुढामगर र हिमाली आमासमुहको उपस्थितमा शुभारम्भ गरिएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l