तातोपानीले जलेका कुमालकाे उपचारमा झिल्केको पहलमा संकलित रकम हस्तान्तरण
- २० कार्तिक २०७५, मंगलवार
- 1843 पटक पढिएको
गत साउन ५ गते ताताेपानीले जलेर गुल्मी अस्पतालमा पिडाले छट्पटीएकाे ४ बर्षिय उमेश कुमालकाे परिवारमा अार्थिक अबस्था कमजोर भए पछि परिवारबाट छाेराेकाे ज्यान बचाइदिन परिवारबाट सहयोग अपिल गरिएकाे हाे । पिडित बालक पिडाले छट्पटिएकाे भिडियाे फेसबुकमा देखेपछि । राेजगारीकाे शिलशिलामा मलेसियामा कार्यरत अाशिष परियार- झिल्केले “उमेश कुमाल बचाउ अभियान” फेसबुकबाटै चलाएर देशबिदेश ७८ हजार ५ सय ५५ रुपैयाँ संकलन गरेर हस्तान्तरण गरेका छन ।
उमेश बचाउ अभियानमा अाशिषलाई साथ दिन गुल्मीका उदायमान गायक तथा सर्जक ( अाँशुकाे कारखाना ) अर्जुन कुवरले साथ दिनु भएकाे हाे । हाल रेशुङ्गा एफ.एम. १०६.२ मेघाहर्जमा कार्यरत गायक अर्जुनले बिरामीलाई भेटेर २०७५ / ७ / २० गतेका दिन उक्त रकम हस्तान्तरण गरेका हुन । जिल्ला अस्पताल गुल्मीमा ICU ब्यबस्था नभए पछि पिडित बालकलाई मिशन अस्पताल तानशेन पाल्पामा उपचार गरिएकाे सामाजिक अभियान्ता अाशिष परियारले बताए । प्रदेशकाे पीडा सँगसँगै जन्म भुमीबाट टाढा रहेर पनि फेसबुकलाई सदुपयोग गरेर दर्जनाै बिरामीलाई अभियान चलाएर सहयोग गर्दै अाएकाे अाशिष परियारले देशबिदेशबाट अाफ्नाे गाँस काटेर सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद दिएका छन ।