डेंगु रोग फैलन नदिन म्याग्दीमा सतर्कता
- १९ कार्तिक २०७५, सोमबार
- धिरन खत्री
- 2491 पटक पढिएको
म्याग्दी, १९ कात्तिक । पोखरा आसपासमा फैलिएको डेंगु रोग फैलन नदिन म्याग्दीमा सतर्कता अपनाइएको छ । लामखुट्टेको टोकाईबाट सर्ने यस रोगबाट बच्नका लागि सरोकारवालाई जानकारी गराउन बेनी अस्पताल र स्थानीय तहका स्वास्थ्थ संयोजकलाई सोमबार रोग सम्वन्धी अभिमुखिकरण गरिएको हो ।
तराई क्षेत्र हुदै पहाडमा डेंगु रोग देखिन थालेपछि सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले जिल्लामा अभिमुखिकरण कार्यक्रम सुरु गरेको हो । सोमबार जिल्ला जनस्वास्थ्य कार्यालय बेनीमा मन्त्रालयका खोप अधिकृत एकनारायण लम्साल र स्वास्थ्थ निरिक्षक मनुराज बरालको उपस्थितमा जिल्लाका डाक्टर र स्थानीय तहका स्वास्थ्य संयोजकलाई जानकारी गराईएको थियो ।
लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगको उपचारको पहिचान भएको छैन । न्युनिकरण गर्न र रोग फैलन नदिन डेंगु रोग सम्वन्धि स्थानीइ तहमा अभिमुखिकरण कार्यक्तम गरिएको खोप अधिकृत लम्सालले बताए ।
लामखुट्टे टोकाईबाट बच्ने उपाय सम्वन्धि जानकारी गराउन अभिमुखिकरण प्रदेश सुरु गरेको हो । डेंगु रोग भएपछि ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, गिजाबाट रगत आउने, उल्टी हुने, छालामा रगतको धब्बा देखिने लगायतका लक्षणहरु देखापर्ने लम्सालले बताए ।
डेंगु रोगबाट बच्न लामखुट्टे टोकाईबाट जोगिने, लामखुट्टेका लाभ्राहरु बढ्न नदिने, वरिपरि पानीहरु जम्न नदिने, पानी ढाकेर राख्ने लगायतको उपायहरु अपनाउन आवश्यक रहेको उनले बताए ।
जिल्लामा डेंगु रोग फैलन नदिन स्थानीय तहका स्वास्थ्थ संयोजकलाई जानकारी गराएर गाउँपालिकामा जनचेतना फैलाउन सो कार्यक्रम गरिएको थियो । कार्यक्रममा बेनी अस्पतालका डाक्टर भुषण सुवेदीको अध्यक्षता, जनस्वास्थ्य निरिक्षक बरालको स्वागतमा भएको अभिमुखिकरण कार्यक्रमको संचालन जिल्ला जनस्वास्थ्य निरिक्षक भिमप्रसाद आचार्यले संचालन गरेका थिए ।
![](https://myagdionline.com/wp-content/themes/myagdi/assets/images/dhiren.jpg)
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l