गलकाेट महाेत्सब संगीतमय ( फाेटाे फिचर)

  • १४ कार्तिक २०७५, बुधबार
  • 2679 पटक पढिएको

थम्मन थापा

बागलुङ कात्तिक १४ । बागलुङको गलकोटमा जारी प्रथम गलकोट महोत्सव २०७५ को पाॅचौ दिन विविध कार्यक्रमहरु सम्पन्न भएका छन । उद्योग, व्यापार, कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रर्वदन गरौं भन्ने मुल नाराका साथ बागलुङ उद्योग वाणिज्य संघ गलकोट ईकाईले आयोजना गरेको कृषि पर्यटन औद्योगिक व्यापार मेला तथा प्रथम गलकोट महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक प्रस्तुति देखि गलकोट आईडल सिजन टु चलिरहेको छ । महोत्सवको पाॅचौ दिन राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकार थानेश्वर गौतम, चर्चित लोक तथा दोहोरी गायिका ज्योति मगर, हाॅस्य कलाकार पुर्खे बा, लगायतका कलाकारहरुले आ-आफना सांगतिक प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

नेपाली गीत संगीतमा जुन सुकै बिधामा पनि गीत गाउन सक्ने संगीत विषयमा डिग्री गरेका गौतमले धेरै लामो समय गजल, रोइला, सालैजो ,पन्चेबाजा, चलचित्र लगाएत दर्जन गीत गाएका थिए । गल्कोट महोत्सबमा दर्शकलाई रुवाउन हसाउन र नचाउन अब्बल गाएक थानेश्बर गौतमले सिन्दुर लाउने हौली माया चुरा लाउने हौली, बिर्सिएर श्रृगारमा सिन्दुर लगाईनछौं, गाईको बाच्छी भकारैमा गाई चराउदैं बन, स्याङजा गए पाल्पा गए बटौलीमा गईन, लगाएतका दर्जन बढि आधुनिक, रोईला, सालैजो तथा पञ्चेबाजा लगाएतका गितहरु गाउदा दर्शकले नाचेर धुलो उडाएका थिए ।

कार्यक्रम सञ्चालक लोक गायक चोलेन्द्र पौडेलले चर्चित लोक गायिका ज्योति मगरलाई स्टेजमा आमन्त्रण गरेपछि ज्योति मगर सादा चप्पल गुन्यु-चोलो र टेकी संगैं झुम्के बुलाँकी सहितको पहिरनमा स्टेजमा निस्किदा के के नै देख्न पाईन्छ भन्ने आशामा रहेका दर्शक चकित परे । उनको यो पहिरनले उनका फ्यानहरुलाई भनिरहेको थियो, ‘हल्ला नगर मैँ हुँ ज्योति मगर । प्राय जसो दोहोरो अर्थ लाग्ने शब्दको प्रयोग गरि स्टेजमा हलचल नै मच्चाउने ज्योति मगरले आज जुन पहिरनमा स्टेजमा उक्लिईन त्यसले आफु अश्लील शब्द र छोटो पहिरनकै कारण चर्चित नभएको कला र संकृतिको सम्मान गर्न अब्बल रहेको उदाहरण पेश गरेको द बुझाई छ ।

उहि मुलाको सिन्की, उही मुलाको चाना, पिरतीमा दम छ, जिम्माल बाउकी छोरी, लगाएतका आधुनीक तथा रोईला एबं लोक दोहरी गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिईन । कार्यक्रममा गलकोट डान्स च्याम्पियन प्रतियोगिताबाट टप टेन छनोट भएका छन । कार्यक्रममा हाॅस्य कलाकार पुर्खे बा ले ब्यङ्ग्य प्रस्तुती पस्केका थिए । महोत्सवमा गलकोटमा प्यारा ग्लाईडिङ सञ्चालन गरिने भएको बागलुङ उद्योग बाणिज्य संघ गलकोट ईकाईका सदस्य वीरजंग भण्डारीले जनकारी दिए ।


महोत्सवमा आज चर्चित गायिका तथा नेपाल आईडलकी जर्ज ईन्दिरा जोशी, नबिन पौडेल, बिनोद भण्डारी, सुमन थापा लगाएतका कालाकारले सांगितिक प्रस्तुति दिने बताइएको छ । महोत्सवको शुभारम्भ संगै सुरु भएको कृषि मेला प्रदर्शनी, व्यापारिक स्टलमा किनमेल तथा अर्गानिक वस्तुबाट बनेका परिकारको स्बाद लिन गल्कोट महोत्सवमा प्रवेश गर्नै पर्ने ईकाईले जनाएको छ । महोत्सवमा स्थानिय उत्पादन, लोकल भाॅगो, लोकल कुखुरा, खसी बोकाको मासु, सिमि, दाल, सिस्नो, भट्टमास लगायतको स्वाद लिन सकिने स्टल सञ्चालक गलकोट नगरपालिका ४ खरुवाका कुल बहादुर खत्रीले जानकारी दिए । खत्रीले अर्गानिक खानाको स्टल राखेका छन । उनले भनें महोत्सवमा आउने दर्शकको आकर्षण समेत बढिरहेको छ ।

गलकोटमा सञ्चालन भईरहेको प्रथम गलकोट महोत्सवमा क्यानोनिङ प्रमुख आर्कषक बन्ने भएको छ । महोत्सवमा जिल्लामै गलकोट नगरपालिका ३ सहश्रधारामा रहेको ७८ मिटर अग्लो जल साहसिक खेल क्यानोनिङ कात्तिक १७ गते र १८ गते खेलिने हुदा त्यसको प्रत्यक्ष अवलोकन गर्न आग्रह गदै महोत्सवले गर्दा क्यानोइङ्गको प्रचार प्रसारमा थप बल पुर्‍याउने र पछिल्लो समयमा आएर क्यानोनिङ खेलमा आन्तरिक पर्यटकहरुको आर्कषण समेत बढ्दो रहेको गलकोट नगरपालिका ३ वडा अध्यक्ष विरजंग भण्डारीले जानकारी दिए । साथै यतिबेला क्यानोइङ्गमा पूर्वाधार निर्माणको कार्य अगाडी बढिरहेको हुनाले त्यसका लागि गलकोट नगरपालिकाले आर्थिक सहयोग गरेको भण्डारीले जानकारी दिए । गत वर्ष फागुन र चैत महिनामा गरि २ पटक क्यानोनिङको सफल परीक्षण गरिसकिएको छ ।