म्याग्दीअनलाईनका संयोजक छन्त्याललाई गृहगाउँ मल्कबाङमा भब्य सम्मान

  • १२ कार्तिक २०७५, सोमबार
  • 2539 पटक पढिएको

बेनी, १२ कात्तिक । म्याग्दीअनलाईन डटकमका संयोजक देवान छन्त्याललाई गृहगाउँमा भव्य सम्मान गरिएको छ । धौलागिरि गाउँपालिका–५ मल्कबाङमा छन्त्याललाई स्थानीय युवा क्लब, आमा समुह, विद्यालय, पुख्र्यौली समुह र नौमती बाजा समुहले संयुक्त रुपमा सम्मान गरेका हुन् । दुर्गम गाउँबस्तीका समस्या र सम्भावना उजागर गरि गाउँसंगै सिंगो जिल्लाको विकासमा सञ्चार क्षेत्रमा क्रियाशिल रहेर महत्वपूर्ण योगदान पु¥याउन सफल रहेको भन्दै उहाँलाई बाजागाजा सहित सम्मान गरिएको थियो ।

मल्कबाङ घर भई हाल पोखरामा बसोबास र वैदेशिक रोजगारिको शिलसिलामा मलेसिया रहँदा सञ्चारकर्मी छन्त्यालले मल्कबाङमा लघुजलविद्यूत परियोजना निर्माणमा समेत महत्वपूर्ण भुमिका खेल्नुभएको थियो । सनलाईट युवा क्लबको आयोजनामा भएको कार्यक्रममा समाजसेवी समेत रहनुभएका छन्त्याललाई मल्कबाङ पुख्र्यौली समुह, जनचेतना आमा समुह, जनजागृति मावि, नौमती बाजा समुहले सम्मान तथा स्वागत गरेका थिए ।

कार्यक्रममा बौल्दै प्रमुख अतिथि देवान छन्त्यालले आफु जहाँ रहेपनि आफ्नो जन्मथलोको विकास र सामाजिक कार्यमा सहकार्य र योगदान गर्नु आफ्नो कर्तव्य सम्झीएर अगाडी बढेको बताउनुभयो । दुर्गम गाउँ बस्तीका समस्या र सम्भावनालाई सञ्चार माध्ययम मार्फत उजागर गर्नु आफ्नो दायित्व रहेको भन्दै उहाँले मल्कबाङको हरेक दुखसुखमा आफ्नो साथ रहने प्रतिबद्धता समेत जनाउनुभएको थियो । छन्त्यालले मल्कबाङ मिडिया डटकम समेत सञ्चालन गरि गाउँका हरेक गतिविधिलाई सञ्चार क्षेत्रमा जोड्ने प्रयास समेत गर्दै आउनुभएको छ भने गाउँका हरेक सामाजिक कार्यमा आर्थिक सहयोग गर्दै आउनुभएको छ ।

क्लबका अध्यक्ष डबहादुर भलञ्जा छन्त्यालको अध्यक्षता र हरिबहादुर घ्याप्चन छन्त्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजसेवी अमर भलन्जा छन्त्याल, क्लब अध्यक्ष डबहादुर भलन्जा छन्त्याल , उपाध्यक्ष अर्जुन विक, सचिब क्षेत्रबहादुर तथब्जा छन्त्याल, समाजसेवी थिर बहादुर घरब्जा छन्त्याल, टिकाबहादुर घरब्जा छन्त्याल , कुलप्रसाद भलन्जा छन्त्याल लगायतले उहाँले समाजमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।