नेशनल लाइफद्धारा मृत्यु दावी रकम भुक्तानी

  • २१ आश्विन २०७५, आईतवार
  • 2414 पटक पढिएको

बेनी २१ असोज । नेशनल लाइफ इन्सोरेन्स कम्पनीले म्याग्दीका एक बिमीतका परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । गत असारमा पोखरामा मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाएका मंगला गाउँपालिका ४ साविक बरंजा १ का धनबहादुर छन्त्यालका परिवारलाई मृत्यु दावी बिमा वापतको दुई लाख छ हजार १०० रुपैयाँ हस्तान्तरण गरिएको हो ।

कम्पनीका म्याग्दी शाखा प्रमुख प्रकाश त्रिपाठीले घरमै पुगेर धनबहादुरका बुवा सोमबहादुर छन्त्याललाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो । एक लाख रुपैया बराबरको बिमा गर्नुभएका छन्त्यालले पहिलो किस्ता वापत ११ हजार रुपैया मात्र कम्पनीलाई बुझाउनुभएको थियो ।