१९ लाख राजश्व संकलन

  • १७ आश्विन २०७५, बुधबार
  • 1867 पटक पढिएको


म्याग्दी, १७ असोज । म्याग्दी उद्योग वाणिज्य संघको अायाेजनामा १९ लाख २५ हजार रुपैया राजश्व संकलन भएको छ । संघको कार्यालयमा आयोजना गरिएको आर्थिक बर्ष २०७४/७५ को राजश्व संकलन अभियानमा ८ सय ६३ जना साना ब्यवसायीहरुबाट सो रकम संकलन गरिएको हो ।

राजश्व कार्यालयले नगरपालिकालाई २ हजार ५ सय र गाउँपालिकालाई २ हजार राजश्व तोकेको थियो । बेनी नगरपालिकाका ५ सय ९० जना ब्यवसायिबाट १४ लाख ७५ हजार र गाउँपालिकाका २२५ जना साना ब्यवसायीहरुबाट ४ लाख पचास हजार रुपैयाँ राजश्व संकलन भएको संघका महासचिव लिलाराम गौतमले जानकारी दिए । सो संकलित रकम आन्तरिक राजश्व कार्यालय पोखराको खातामा दाखिला गरिएको छ ।
साना ब्यवासायीहरुलाई राहतको लागि संघले पोखरा राजश्व कार्यालयबाट विगतझै यो बर्ष डोर टोली नआएपछि संचालक समितिको टोलीले आन्तरिक राजश्व कार्यालयबाट अनुमति लिएर राजश्व संकलन अभियान थालेको छ । असोज १४ गतेबाट सुरु भएको राजश्व संकलन अभियान असोज मसान्तसम्म संचालन हुने छ ।