विद्यार्थीलाई लागू औषध दुब्र्यसनी विरुद्ध प्रशिक्षण
- १६ आश्विन २०७५, मंगलवार
- 1869 पटक पढिएको
धारापानी १६ असोज । धवलागिरी गाउँपालिका ७ धारापानी स्थित किसानी माविका विद्यार्थीहरुलाई सोमबार लागू औषध दुब्र्यसनी विरुद्ध प्रशिक्षण दिइएको छ ।जिल्ला प्रहरी कार्यालयको कार्यक्रम अनुसार इलाका प्रहरी कार्यालय दरवाङको आयोजनामा विद्यालयको कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको हो ।
प्रहरी निरीक्षक दिपक महत क्षेत्रीले लागु औषध दुब्र्यसनीका कारण, यसको असर, कानुनी कारबाही सम्बन्धि नितीगत ब्यवस्था लगायतका विषयमा जानकारी दिनुका साथै सन्देशमुलक वृत्तचित्र प्रर्दशनी गरिएको थियो ।सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले प्रमुख सामाजिक समस्याको रुपमा देखिएको लागू औषध दुब्र्यसनीबाट टाढै रहन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको थियो ।