बलात्कारको आरोपमा युवा पक्राउ
- १६ आश्विन २०७५, मंगलवार
- 1995 पटक पढिएको
बेनी १६ असोज । म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा बलात्कारको आरोपमा प्रहरीले सोमबार एक युवालाई पक्राउ गरेको छ । ५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय गोविन्द पुनलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले जानकारी दिनुभयो ।
पिडित महिलाले जवरजस्ती करणी गरेको उजुरी गरेको आधारमा पक्राउ गरेर थप अनुसन्धान र कानुनी कारबाहि प्रक्रियाका लागि सदरमुकाम स्थित जिल्ला प्रहरी कार्यालयमा पठाएको ईलाका प्रहरी कार्यालय दरवाङका प्रमुख प्रहरी निरिक्षक दिपक महत क्षेत्रीले बताउनुभयो ।
पिडित र आरोपीत आफन्त भएको प्रहरीले जनाएको छ । पिडितको स्वास्थ्य परिक्षण र पुनलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया सुरु गरेको प्रनाउ बुढाले बताउनुभयो ।