मराङखोलाको नहर र मुहान मर्मत

  • १५ आश्विन २०७५, सोमबार
  • 1317 पटक पढिएको

बेनी १५ असोज । म्याग्दीको धवलागिरी गाउँपालिका मराङका बासिन्दाले श्रमदान गरेर स्थानीय मराङखोला लघुजलविद्युत परियोजनाको नहर र मुहान मर्मत गरेका छन् । बर्खा यामको बाढी र पहिरोका कारण क्षत्ती पुगेको नहर मर्मतका लागि मराङका तिन सय भन्दा बढी घरधुरीले आईतबार श्रमदान गरेका त्यहाँबाट तेजिन्द्र पुनले जानकारी दिनुभयो ।

मुहानमा थुप्रिएको बाढी पन्छाउनुका साथै नहर र वरपर खसेको पहिरो हटाइएको थियो । परियोजनाका अध्यक्ष पदमबहादुर गर्बुजा र सचिव अम्मरबहादुर पुनको नेतृत्वमा मर्मत गरिएको हो । सो परियोजनाबाट मराङका तिन सय भन्दा बढी घरधुरीले विद्युत सुबिधा पाएका छन् ।