पुलाचौरमा काँग्रेसको अगुवा कार्यकर्ता भेला सकियो

  • १९ चैत्र २०७३, शनिबार
  • 2507 पटक पढिएको

म्याग्दी, १९ चैत । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा नेपाली काँग्रेले अगुवा कार्यकर्ताभेला प्रशिक्ष्ण तथा भेटघाट कार्यक्रम« सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्दै चुनाबी अभियानका संयोजक एवँ नेपाली काँग्रेसका सचिब हरिकुमार श्रेष्ठले निर्वाचन मार्फत काँग्रेसले समृद्धि राष्ट्र बनाउन चाहेको बताउनुभयो । उहाँले नगरपालिकाको विकासका लागि काँग्रेसको उम्मेद्वारलाई अत्यधिक मतले विजयी गराउन मतदातालाई आग्रह गनुभयो ।

बेनपा १२ का वडा इकाइ सभापति हेमबहादुर खत्रीले स्वागत गर्नुभएको कार्यक्रममा नेपालाी काँग्रेसका सचिब क्या. मिनबहादुर कार्की, सदस्य माधबप्रसाद रेग्मी, मनकुमारी विश्वकर्मा, अजयमिलन श्रेष्ठ, नेपाली महिला संघकी अध्यक्ष विमला गौचन, किसान संघका अध्यक्ष सम्मरबहादुर थापा,   भूतपुर्व सैनिक संघका अध्यक्ष कर्णबहादुर बानियाँ, दलित संघका उपाध्यक्ष इन्द्रबहादुर विक, तरुण दलका सचिब सुमन बानियाँ लगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । बेनपा ११ का सभापति तेजप्रकाश बानियाँको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन शिक्षक संघका सचिब गजेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।