राखुमा सरसफाई गरि संविधान दिवस मनाईयो
- ३ आश्विन २०७५, बुधबार
- 1930 पटक पढिएको
राखु, ३ असोज । संविधान दिवस–२०७५ बुधबार म्याग्दीका स्थानीय तहमा विभिन्न कार्यक्रम गरि संविधा दिवस मनाईएको छ । रघुगंगा गाउँपालिका–२ राखु भगवतीका वडा जनप्रतिनिधीले वडा कार्यालय वरीपरि र बाटो सरसफाई गरि दिवस मनाइएको हो ।
सरसफाई कार्यक्तममा वडा अध्यक्ष रिम कटुवाल, वडा सदस्य, वडा सचिव बलराम पौडेल, समाजसेवी र स्थानीयको उपस्थितमा वडा कार्यालय, चौतारो र वाटो सरसफाई गरि दिवस मनाईएको थियो । २०७२ असोज ३ गते नेपालमा नयाँ संविधान स्थापना भएको दिनमा जिल्लामा विभिन्न कार्यक्तम दिवस मनाउदै आएका छन् । “आफ्नो गाउँ आफै बनाउ, सफा र स्वच्छ वातारण बनाउन सबैलाई सहभागि गराउ” भन्ने उद्देश्यले दिवसको अवसरमा सरसफाई कार्यक्तम गरिएको वडा अध्यक्ष कटुवालले बताए ।