क्यान म्याग्दीको अध्यक्षमा रिजाल चयन

  • १८ भाद्र २०७५, सोमबार
  • 3305 पटक पढिएको

बेनी १८ भदौ । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा म्याग्दीको सोमबार बेनीमा प्रथम अधिवेशन तथा साधारणसभा सम्पन्न भएको छ । अधिबेशनले बामदेव रिजाल अध्यक्षमा निर्वाचित हुनुभएको शाखाको उपाध्यक्षमा ध्रुबराज कार्की, सचिवमा लालबहादुर कार्की, कोषाध्यक्षमा महेन्द्र रेग्मी र सहसचिवमा ज्ञान श्रीस चयन हुनुभएको छ । सदस्यमा युवराज आचार्य र संगिता हमाल मल्ल निर्वाचीत हुनुभएको छ ।

अधिवेशनको उद्घाटनका क्रममा क्यानका सचिव जगनबहादुर गुरुङ, केन्द्रिय सदस्य अशोकबाबु राना, गण्डकी प्रदेशका उपाध्यक्ष तुल्सी पाण्डे, सचिव सुदिप राजभण्डारी, सहसचिव राजेन्द्र शर्मा र पत्रकार महासंघका प्रदेश सदस्य सन्तोष गौतमले ग्रामिण क्षेत्रमा सूचना प्रबिधिको पहुँच विस्तारमा जोड दिनुभयो । बामदेव रिजालको अध्यक्षता र स्वागत तथा लालबहादुर कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।