गरिविको कारण विद्यालय जान छाडेकी पुजा खत्रीको बास्तविकता यस्तो छ ! (स्थलगत भिडियो सहित)
- ८ भाद्र २०७५, शुक्रबार
- धिरन खत्री
- 3741 पटक पढिएको
म्याग्दी, ८ भदौँ । गरिवि र पारिवारीक कारण विद्यालय जान छाडेकी पुजा खत्रीले विद्यालयलाई लेखेको चिठी सामाजिक संजालमा भाईरल भएको थियो । म्याग्दीको बेनी नगरपालिका–६ फोटेनीकी कक्षा ६ मा अध्ययनरत छात्रा पुजा खत्रीले गरिबीको कारण पढ्न जाने अबस्था नभएपछि आफुलाई रेस्टिगेट गरिदिन अनुरोध गर्दै विद्यालयलाई मर्मस्पर्शी चिठी पठाएकी थिईन ।
बेनी नगरपालिका–६ अर्थुङ्गे स्थित जामुनाखर्क माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत खत्रीले विद्यालयमा नियमित रुपमा उपस्थित भएर अध्ययन गर्न घरपरिवारको आर्थिक अबस्थाले नभ्याएको र पारिवारीक वातावरण समेत नभएकाले आफुलाई विद्यालयबाट निस्कासित गर्न अनुरोध गर्दै चिठि लेखेकी थिईन ।
उनको समस्या बुझ्न घरमा पुग्दा पुजा खत्रीको सहित तिनभाईबहिनी बृद्ध हजुरबाबाको साहारामा बसिरहेको भेटीए । ७४ वर्षिय अपाङ्ग हजुरबुबा मानबहादुर खत्रीले जे पकाएर खुवाउछन्, त्यो खान्छन् नत्र भोकै भएर बाचेका ति बालबच्चाको अवस्था देख्दा सबैको मन दुखित तुल्याउँदो रहेछ। ११ बर्षिय पुजा साथिसंगी संग रमाउने बेलामा समयमा खाजा खाने उमेरमा भोकै घरको काम भाईबहिनी स्याहार गर्नुपर्ने घरको सबै काम गर्दैै आएकी छन् । अपाङ्ग हजुरबाबाको साहारामा रहेका तिन बच्चालाई हेर्दा, बाबा आमाको काखमा बस्ने बेला हजुरबाबाको साहारामा जिउनु सहज छैन् ।
विहिबार बेलुका साढे ६ बजे उनको घरमा पुग्दा बतिको कुरै छाडौ टुकी समेत रहेको थिएन् । त्यो अधेरो कोठामा हजुरबाबाले खाना पकाईरहेका थिए, भने पुजाले पानी, दाउरा लिएर सघाइरहेकी थिईन । उनका दुई भाईबहिनी बाहिर खेलिरहेका थिए । अरुको साहारामा जिउने बेलामा मानबहादुर खत्री हजुरबाबालाई तिन नातिनातिनाको अभिभावक बन्नु सजिलो छैन् ।
उनले जन्माएका छोरा मध्यपान सेवन गरि बुहारीलाई कुटेर बुहारीले समेत घर छोडेकी थिईन । भने चार छोराछोरीको अभिभावक बुवा पनि दुईमहिना देखि घर छोडेर हिडेका थिए । त्यसपछि उनीहरुको दैनिक दिनचर्या विद्यालय भन्दा घरको काममा भोकभोकै वितिरहेको थियो । खत्री गाउँको विद्यामन्दिर आधारभुत विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरि ६ कक्षामा अध्ययनको लागि जामुनाखर्क माध्यमिक विद्यालयमा भर्ना भएकी थिइन् । खत्रीको समस्याबारे सञ्चार माध्ययममा समाचार प्रकाशन तथा प्रशारण भएपछि अहिले उनीहरुको लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको छ । उनको सहयोगको लागि पत्रकार हरिकृष्ण गौतमको संयोजनमा पुजा खत्रीको नाममा गरिमा विकास बैँकको बेनी शाखामा खाता सञ्चालन गरि सहयोग जुटाउने काम सुरु भएको छ ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l