बेनी अस्पतालमा १६ महिने मेरो कार्यकाल

  • २९ श्रावण २०७५, मंगलवार
  • माधव प्रसाद रेग्मी
  • 1976 पटक पढिएको

म्याग्दी/ २०७३ फागुन २४ गते नेपाल सरकार मन्त्रीस्तरीय निर्णयबाट मेरो बेनी अस्पतालको अध्यक्षयमा नियुक्ती भयो । लामो समय रिक्त रहेको उक्त पद मैले बहाली गर्दा चुनौतिपूर्ण थियो । सो चुनौति सामना गर्न अस्पतालको आफ्नै मिसन “गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता” का साथ अस्पताल टिम मेरो नेतृत्वमा अगाडि बढ्यौ । सेवा विस्तारका कुरामा, गुणस्तरको विषयमा, मेडिकल सरसामानको व्यवस्थापन विषयमा समन्वयकारी भुमिका मेरो कार्यकाल ऐतिहासिक एवं उत्कृष्ट भएको भन्ने मेरो अनुभुति छ । अस्पतालमा सेवाग्राही आम नागरिक यसका भुक्तभोगी हुनुहुन्छ । निश्चित योजना तथा कामको प्रथामिकता नगरेको भए हाम्रो लक्ष्य निश्चित पुरा हुने थिएन । त्यसैले यो कार्यकाल चुनौतिपूर्ण र कठिन थियो । मुख्य चुनौतिहरु निम्न थिए ।

ड्ड अस्पतालको  Indoor  बाहिरगं कक्ष , प्रसुति कक्ष तुरुन्तै भत्काउनु पर्ने ।
ड्ड अस्पतालको प्रशासन ,लेखा ,भिडियो एक्सरे कक्ष तत्काल भत्काइने अवस्था ।
ड्ड ल्याव भवन ,एक्सरे भवन ,औषधी कक्ष, डेन्टल ,इमरजेन्सी लगायतका सवै सेवाहरु प्रदान गरिदै आएका भवन हरु सवै भत्काइने अवस्थामा थिए ।
नयाँ अस्पताल भवन निर्माणका लागि ठेक्का स्वीकृत भै सकेको र ठेकेदारले पनि माथिका संरचना भत्काउने अवस्थामा थियो ।

तर यस्को वैकल्पिक उपाय बारे कुनै तयारी थिएन । Indoor मा रहेका विरामी हरुलाई एउटा ठुलो पालको व्यवस्था गरिएको थियो । जहाँ विरामीको वेड राखी सेवा प्रदान गर्नुपर्ने अवस्था थियो ।
यस सम्बन्धमा बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रोशन न्यौपानेको सल्लाह सुझाव र अनुभव ,दक्षता मलाई काम गर्ने हौसला र प्रेरणा मिल्यो । साथै साविकको सेवा लाई निरन्तरता दिन क्लिनिकल को.अर्डिनेटर डा. धिरेन मल्लको सल्लाह र सहयोग पनि स्मरण गर्न चाहान्छु । सवै सेवाहरु सुचारु राख्दै ५० वेडको अस्पतालको निर्माण कार्य पनि अघि वढ्यो ।

अन्तरंत कक्ष Indoor  को व्यवस्थापनका लािग नयाँ नक्सा ल.ई. गरी विकास समितिको तर्फबाट भएपनि अस्थायी भवन निर्माण गर्ने विकास समितिको वैठकबाट निर्णय गरियो । तर तत्कालिन स्वास्थ्य मन्त्री गगन थापा सगँ पनि सम्र्पक गरि यहा्रँको अवस्था जानकारी गराइ आवश्यक वजेटको माग राखे । मन्त्रालय र विभागियमा डा.रोशन न्यौपाने निरन्तर सम्पर्कमा रहनु भयो । स्वास्थ्य मन्त्रालयबाट रु १,१०,००००० (अक्षरुपी रु एक करोड दश लाख ) रुपैया निकासा आयो । भवनको टेण्डर भई स्वीकृत हुने अवस्था सम्म आर्थिक वर्ष ०७३।७४ को अन्तिम भइसकेको थियो । ठेकेदारले काम गर्दै जादाँ सम्पन्न हुन नसकेपछि रकम फ्रिज भयो । भवन बनाउनै पर्ने थियो र कामलाई निरन्तरता दिइयो । स्वास्थ्य सेवा विभागमा अस्पतालको MSS न्युनतम सेवा मादण्डबाट बेनी अस्पताल उत्कृष्ट अस्पतालको घोषण भएपछि व्यवस्थापन महाशाखा प्रमुख प्रभावित हुनुभयो र केही रकम निकासा दिने आश्वासन पनि दिनु भयो ,हाम्रो हौसला बढ्यो । डा.रोशन न्यौपानेको सक्रियता र निरन्तर सहयोगको कारण बाट बजेट निकासा भई गत वर्ष को विभिन्न कार्यलाई निरन्तरता दिइयो र Indoor  भवन X–ray ,SCU  भवन निर्माणकार्य सम्पन्न भई पहिलो भन्दा राम्रो सेवा दिने व्यवस्था गरियो । इमरजेन्सी सेवाका लािग पुरानो जनस्वास्थ्य र स्टोर भवन मर्मत गरी सेवा प्रदान गरिएको छ ।

भवनबाट जनस्वाथ्य कार्यालयको भवनको सभाहल लगायतका अन्य कोठमा सेवा प्रदान गर्ने व्यवस्था मिलाइयो । ति दिन अस्पतलाका लािग बडो कठिन ,समस्यामुलक र चुनौतिका दिन थिए । हाइड्रोसिल ,हर्निया ,सुत्केरी लगायतको सल्यक्रिया गरिएका विरामी हरुलाई हालको अपरेशन थिएटरबाट रातीको समयमा पनि माथि सम्म वोकेर लगेर सेवा दिनु पर्दथ्यो । यस बाहेक अस्पतालको मौजुदा तालिम कक्षमा OPD,भिडियो एक्सरे सेवा दिने व्यवस्था मिलाइयो भने ३०० MA को अत्याधुनिक एक्सरे सेवा प्रदान गर्न उक्त मेशिनको लागि आवश्यक मापदण्डको कक्ष अस्थायी संरचानामा तयार गरिएको छ । यरी अस्पताल विकास समितिका सम्पुर्ण सदस्य साथीहरुको रचनात्मक भावना र सुझाव र सहयोग बाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लेखा अधिकृत स्टोर र प्रशासनका साथीहरु निसंकोच सहयोग बाट अव नयाँ अस्पताल निर्माण नहुन्जेल सम्म सेवालाई निरन्तरता र स्तरीयता दिन सहज हुनेछ ।

आर्थिक व्यवस्थापन

 मैले अस्पतालमा पहिलो वैठकमा आर्थिक सुधारको काम शुरुवात गरेको छु ।
ग्रीन वैकमा ८० लाख रुपैया शून्य प्रतिशत व्याजमा राखिएकोमा वैकसगँ सेवा सम्र्पक गरी १० प्रतिशत व्याज नदिने भए अन्य वैकं सगँ कारोबार गर्ने कुरा राखेपछि १० प्रतिशत व्याजमा वचत खाता बाट आउने व्यवस्था मिलाईयो । सथै उक्त व्याजदरमा हाल बद्लिदो परिस्थितिमा घटबड भै रहन्छ तर शून्य प्रतिशत भएको छैन । वचतमा रहेको रकम मध्य ३५ लाख १३ प्रतिशत व्याजदरमा ग्रिन विकास वैंक मुद्यतीमा स्थानान्तरण गरिएको छ भने २५ लाख पुन ः मुद्दतीमा राख्ने निर्णय भएको छ । मेरो बहालीको अवस्थामा ग्रिन विकास वंैकको वचत खाता वाहेक बेनी वचत , नेपाल वैंक लिमिटेड , गरिमा विकास वैंकमा गरि एक करोड पन्ध्र लाख थियो भने नयाँ अस्थायी संरचना निर्माणमा रु वीस लाख खर्च गर्दा पनि ०७५ आषढ मसान्त सम्म रु एक करोड त्रीपन्न लाख अस्पताल विकास समितिको खातामा मौजुदा छ । बेनी अस्पताल सरहका कुनै अस्पतालमा रकम मौजुदा छैन । ०७३ चैत्र देखि ०७५ आषाढ मसान्त सम्म सेवा वापत कुनै शुल्कको वृद्धि गरिएको छैन तर EHS वापत लिइदै आएको रु ३५० लाई घटाई रु ३०० बनाइएको छ ।

मेरो कार्यकालमा निर्माण र आर्थिक व्यवस्थापन बाहेक निम्न कार्यहरु सम्पन्न भएका छन् ।
 अस्पताल भवनको शिलन्यास भै काम निर्माण कार्य शुरु भएको छ तथापी यस्ले गति लिन सकेको छैन । सम्बन्धित निकायमा सम्पर्क भैरहेको छ । अस्पताल विकास समिति ले यस विषयमा आवश्यक निर्णय लिन सम्बन्धित निकायमा प्रक्रिया अघि वढाइएको छ ।
 डाक्टर क्वार्टर ,स्टाफ नर्स क्र्वाटरको निर्माण शुरु गरि उक्त निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
 पानी आपूर्तिको विशेष व्यवस्थापन गरिएको छ ।
 सबै सेवालाई सुचारु ग्र्न ठाँउठाँउमा इनभर्टर र Solar बिच को व्यवस्था गरिएको छ।
 सुत्केरीको सालनाल व्यवस्थापनको लागि एबि Placenta Pit र फोहोर व्यवस्थापनको लािग इन्सिनेटर को निर्माण गरिएको छ ।
 प्रतिक्षालय स्थानान्तरण गरी सेवा ग्राहीलाई सुविधा प्राप्त गर्ने व्यवस्था मिलाईएको छ ।

सेवातर्फ
जिल्लाभर नै एम्बुलेन्स नभएको अवस्थामा नयाँ एम्वुलेन्स ल्यायर सेवा शुरु गरिएको छ ।
स्वास्थ्य सेवा विभागमा भएका ५ वटा ३०० MAको  X-Ray मेसिन मध्ये हाम्रो सम्पर्क र समन्वय तथा हाम्रो उत्कृष्ट सेवाका आधार देखाई एउटा ३०० ःब् को ह्(च्बथ मेसिन बेनी अस्पतालमा ल्याउन सफल भयौँ र उत्कृष्ट सेवा प्रदान गरिआएका छौ ।
आफनै श्रोतबाट CARM खरिद गरी सेवा दिने निर्णय गरिएकोमा डा.रोशन न्यौपानेको सत्प्रयासबाट विभाग बाट ल्याई हाडजोर्नीको सेवा प्रदान गरिदै आएको छ ।
क्रायो र VIA सेवा शूरु गरी महिलाहरुको पाठेघरमा हुने क्यान्सरको उपचार गर्न सुरुवात गरिएको छ ।
ल्याव ,एक्सरे र फार्मेसी सेवा २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाइएको छ ।
विमा सेवा लाई प्रभावकारी रुपमा संचालन गरिएको छ ।
कर्मचारीहरुलाई अस्पताल समयमा आफ्नो Identify हुने पोषाक लगाउने व्यवस्था मिलाइएको छ ।
स्टोर धुलाई गरी खाली भएको कोठामा MCH र खोप सेवा लाई व्यवस्थित गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको न्युनतम सेवा मापदण्डको आधारमा गरेको मुल्याङकन मा नेपालकै उत्कृष्ठ अस्पतालको ठहर भएको छ ।
प्रदेश नं ४ को उत्कृष्ट जिल्ला स्वास्थ्य सुचाङ्क अस्पताल भएकाले डा.रोशन न्यौपानेले ४ नं प्रदेश बाट प्रशंसा पत्र प्राप्त गर्नुभएको छ ।

यो अवधिमा अस्पताललाई प्राप्त सहयोग

 अष्ट्रलियामा कार्यरत मेरा मित्र माधव सुबेदी सगँको निरन्तर सम्र्पकमा रहेको कारण उहाँको सहयोगमा मुगौला उपचारका लािग चाहिने र २ थान डाइलोसिस मेसिन प्राप्त भएको । उक्त मेसिनका लािग चाहिने RO डाइलासिसको Filtration Plant एबिलत डा.रोशन न्यौपानेकै सक्रियतामा निः शुल्क प्राप्त भएको छ ।
 यसरी नयाँ सेवा सुरुवातका लािग सहयोग गर्नु हुने भित्र तथा Rotary Club  लाई पनि धेरै धन्यवाद दिन चाहान्छु ।
 मेरा मित्र दिप छ्रन्तयाल बाट मुटुरोगको उपचारका लागि अतयावश्यक कार्डियक मोनिटर र र बेड प्राप्त भएको र  Emergency Ward बाट सेवा प्रदान गरिएको । उहाँलाई पनि हार्दिक धन्यवाद ।
 माछापुच्छे« वैंकमा कार्यरत मेरा छोरा विनय रेग्मी को सल्लाह अनुसार उक्त वैंकको वेनी शाखामा सहयोगको लािग अुनरोभ गरे अनुसार अस्पताललाई चाहिने अति आवश्यक उपकरण हरु प्राप्त भएको । उक्त वैकंलाई धन्यवाद दिन्छु ।
 यहाँ भएका चोटपटक तथा दुर्घटना का विरामीहरुाई व्यवस्थित तथ छिटो उपचार प्रदार्न गर्न Emergency Indoor का स्टाफ र अन्य जिल्लाका सल्यान नवलपरासी कपिलबस्तु , प्युठान ,लगायतका ७ जिल्लाका स्वास्थ्यकर्मीहरुलाई तालिम आयोजना गरी अन्य जिल्लाहरुलाई समेत तालिम दिने काम भयो ।
 नेपाल मगर संघ इजरायलबाट प्राप्त रु १ लाख वरावरको मेडिकल औजार उपकरण खरिद भएको छ । स्वास्थ्य क्षेत्रमा सहयोग गर्नुहुने संस्था लाई मुरी मुरी धन्यवाद । साथै स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग र NSI जसबाट अस्पताललाई यो स्तरमा पु¥याउन हरपल सहयोग प्राप्त भयो जसलाई धन्यावद ज्ञापन गर्दछु ।
 खानेपाीन सवडिभिजन कार्यालयबाट समय समयमा आवश्यक पाइप उपलब्ध भएको ।
 अस्पतालका स्वास्थ्यकर्मी ,प्रशासन,लेखा र स्टोरका कर्मचारीलाई बेनी अस्पताल स्तरका अन्य अस्पतालको अध्ययन अनुगमन गरी प्राप्त अनुभव र ज्ञानबाट सेवालाई स्तरीय बनाउन चितवन ,सुर्खेत, कालीकोट ,जुम्ला, मुगुका अस्पताल र प्युठान स्वास्थामा भ्रमण को व्यवस्था मिलाइयो ।
 डेन्टल सेवाका लागि Dental X-ray  र थप  Dental Chair को व्यवस्था गरिएको छ ।
 मेडिकल अधिकृतको राम्रो सङख्यामा व्यवस्था गरिएको छ ।

यो कार्याकालमा मन्त्रालय र विभागबाट रु १ करोड वरावरको मेडिकल औजार उपकरण नि ः शुल्क रुपमा जिल्ला अस्पतालमा ल्याइएको । अस्पतालका सेवा विस्तार र व्वस्थित गरियो ।
समग्रमा मेरो १६ महिने कार्यकाल अस्पतालका प्रमुख ,स्वास्थ्यकर्मी ,प्रशासन लेखा, स्टोर लगायतको समुहका कर्मचारीसाथीहरु बाट प्राप्त सहयोग अविस्मरणीय छ । साथै सवै अस्पताल विकास समितिका साथीहरु र मेरा राजनितिक साथीहरु को सहयोग , सल्लाह र सुझाव अविस्मरणिय छ । धमिलो पानिमा माछा मार्न प्रयास पनि नभएको होइन सत्य त सत्य नै हुन्छ । विशेषत मन्त्रालय र विभागबाट आफ्नो पहुँच दक्षताको कारण बाट अस्पताललाई समय समयमा पर्ने जुनसुकै समस्या पनि समाधान गर्न डा.रोशन न्यौपाने प्रति हार्दिक आभार प्रकट गर्दै साथै रचनात्मक कार्यमा लाग्ने यो अवसर मेरो जीवनको महत्वपुर्ण समय सम्झेको छु । (रेग्मी अस्पताल विकास समितिका अध्यक्ष हुन् । अस्पतालको स्वामित्व स्थानीय तहमा हस्तान्तरण हुँदा अस्पतालमा नयाँ संरचना कार्यान्वयनमा आउनेछ । )

माधव प्रसाद रेग्मी

माधव प्रसाद रेग्मी