कानूनमन्त्री शेरबहादुर तामाङद्धारा पदबाट राजीनामा
- ८ श्रावण २०७५, मंगलवार
- 2003 पटक पढिएको
काठमाडौं– बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राका सम्बन्धमा अमर्यादित अभिव्यक्ति दिएका कानूनमन्त्री शेरबहादुर तामाङले मंगलबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भावुक रुपमा प्रस्तुत भएका तामाङले काम गर्ने कोशिष हुँदाहुँदै पनि राजीनामा गर्न बाध्य पारिएको बताए ।
उनले पदबाट हट्न परेपनि आफू पार्टीको कामका साथै जनताको सेवामा सक्रिय रहिरहने बताए । यस्तै उनले आफ्नो महिलाप्रति सम्मान रहेको भन्दै आफूप्रति भ्रम फैलाउन केही तत्व पछाडि लागेको आरोप समेत लगाए ।मन्त्री तामाङले एक कार्यक्रममा बंगलादेशमा मेडिकल शिक्षा पढ्ने महिलाबारे दिएको अभिव्यक्ति विवादमा तानिएसँगै यसअघि आफ्नो महिलाप्रति सम्मान रहेको भन्दै क्षमायाचनासहितको विज्ञप्ति पनि निकालेका थिए ।
तर, सोको विरोध हुने क्रम नरोकिएपनि नेकपाले उनलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।