बेनीमा आजदेखि राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता, खेलकुद मन्त्री श्रीपालीले उद्घाटन गर्ने

  • ९ चैत्र २०७३, बुधबार
  • 3061 पटक पढिएको

म्याग्दी, ९ चैत । म्याग्दी सदरमुकाम बेनीमा आजदेखि राष्ट्रिय स्तरको चौथो खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु हुँदै छ । म्याग्दीका युवाहरुको नेतृत्वमा काठमाण्डौमा स्थापित गंगटा युथ क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता चैत १२ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय स्तरका व्यवसायिक र विभागीय टोलिका खेलाडिहरु समेत सहभागि हुने प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दलजिल श्रीपालीले उद्घाटन गर्नुहुनेछ । mygdi
क्लब स्थापना संगै काठमाण्डौमा निरन्तर रुपमा आयोजना गर्दै आएको प्रतियोगितालाई यस पटक म्याग्दीमा आयोजना गरिएको क्लबकमा अध्यक्ष रमेश पुनले बताउनुभयो । सर्वोकृष्ट पुरस्कार राशि रहेको प्रतियोगितामा राष्ट्रिय स्तरका ५ र स्थानीय एक गरि ६ इभेन्टमा खेल खेलाईनेछ । बेनी स्थित कबर्डहलमा हुने प्रतियोगितामा देशभरका करिब ३ सय खेलाडिहरुले सहभागिता जनाउने अध्यक्ष पुनले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्र्तगत मेन्स डबल इभेन्टमा बिजयी हुनेले सर्वाधिक पुरस्कार राशी रु १ लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । त्यस्तै दितिय हुनेलाई नगद रु ५० हजारर र तृतिय हुनेलाई क्रमश १०÷ १० हजार पुरस्कार प्रदान गरिने क्लबका उपाध्यक्ष योगेन्द्र गुरुङले बताउनुभयो । प्रतियोगिताका अन्य इभेन्टहरुमा प्रथम, दितिय र तितृय हुनेहरुलाई समेत नगद रु ५० हजारदेखि १० हजार सम्मको आकर्षक पुरस्कारको व्यवस्था गरिउको छ ।

सहभागि हुने खेलाडिहरुलाई खान र बस्नको व्यबस्था निशुल्क गरिएको प्रतियोगितामा करिब रु १७ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता जिल्ला व्याडमिण्टन संघको सहआयोजना र जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालन हुने क्लबले जनाएको छ । यस क्लबले विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।