बेगखोलामा १४ लाखको लागतमा पक्कि खेलमैदान निर्माण (बिबरण सहित)

  • ७ चैत्र २०७३, सोमबार
  • कमल खत्री
  • 5839 पटक पढिएको

म्याग्दी, ७ चैत । म्याग्दीको बेगखोला स्थित देउरालीमा लाखाँै लगानीमा पक्कि खेलमैदान निर्माण गरिएको छ । बेगखोला युवा क्लबको पहलमा स्वदेश तथा विदेशमा रहेका बेगखोलाबासिको आर्थिक सहयोगबाट पक्कि ढलान गरिएको खेलमैदान निर्माण गरिएको हो ।
करिब तीन महिनाको अबधिमा निर्माण गरिएको भलिबल र बास्केटवल खेल सञ्चालन गर्न सकिने खेलमैदान ढलान गर्न रु १२ लाख ३५ हजार १०५ खर्च भएको खेलमैदान निर्माण समितीका अध्यक्ष तिलक तिलीजाले जानकारी दिनुभयो ।

17410433_1369744036380773_1101850637_n
खेलमैदान निर्माणको लागि स्वदेश तथा विदेशमा रहेका बेगखोलाबासिबाट रु १४ लाख ३४ हजार ४५८ संकलन भएको थियो । खेलमैदान ढलान गरि बचत भएको रु १ लाख ९९ हजार ३५३ रकमलाई दोस्रो चरणको प्याराफिट तथा स्टेजको पूर्वाधार निर्माणमा खर्च गरिने अध्यक्ष तिलिजाले बताउनुभयो ।

17393032_1369744946380682_2076280189_n
‘‘ पहिले खेलमैदान त थियो तर बर्षातमा हिलो र हिउँदमा धुलोले खेल प्रतियोगिताहरु सञ्चालनमा निकै समस्या हुने गरेको थियो , अहिले आरसिसी ढलान गरेपछि खेल खेल्न र प्रतियोगिता सञ्चालन गर्न निकै सहज भएको छ’’ बेगखोला युवा क्लबका अध्यक्ष ठ प्रसाद फगामीले भन्नुभयो ।
खेलमैदानको ढलान संगै क्लबले प्यराफिट र स्टेज निर्माणको लागि समेत आर्थिक स्रोत जुटाउन अभियान थालिसकेको छ । अभियान अन्र्तगत पुन भिसि फाउण्डेसनका उपाध्यक्ष अर्जुन तिलिजाले फाउण्डेसनको तर्फबाट रु १ लाख ५० हजार सहयोग गर्ने घोषणा गरिसक्नुभएको छ ।

बेगखोलामा विकास निर्माण तथा सामाजिक क्षेत्रमा प्रवासमा रहेका स्थानीयबासीले बर्षेनी लाखौँ रुपैयाँ गाउँमा सहयोग गर्दै आएका छन् । क्लबद्धारा नवनिर्मित खेलमैदानमा हालै शिवरात्री मेला समेत सञ्चालन संगै खेलमैदानको उद्घाटन गरिसकिएको छ ।

सो अबसरमा मेला सञ्चालनको लागि कुल १ लाख ८८ हजार ५ सय आर्थिक संकलन भएकोमा बेगखोला कल्याणकारी समाज उपशाखा हङकङबाट रु ९० हजार उपलब्ध भएको थियो । मेला सकिएलगत्तै क्लबले गत शनिवार मेलाको आयव्यय विवरण आमभेला मार्फत सार्वजनिक समेत गरेको थियो ।

खेलमैदान निर्माण र मेला सञ्चालनको आयव्यय विवरण यसप्रकार रहेको

https://drive.google.com/file/d/0B6gawK_tZfjfZ0ZjZHBnNG5iN2s/view

https://drive.google.com/file/d/0B6gawK_tZfjfbnhsM3htZWlnVmM/view

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l