विश्वकर्मा हेल्पीङ हेण्ड्सद्वारा बागलुङका एन्जल विकको ११ बर्षको शैक्षिक अभिभावकत्व

  • १५ जेष्ठ २०७५, मंगलवार
  • धिरन खत्री
  • 2223 पटक पढिएको

 

बागलुङ/काठेखोला, १५जेठ। विश्वकर्मा हेल्पीङ हेण्डस ऐराउण्ड ओल्ड संस्थाद्वारा बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ५ बस्ने ७ बर्षिय ऐन्जल विकको ११ बर्षसम्म गुणस्तर शिक्षाको लागि अभिभावकत्व ग्रहण गर्दै ११ हजार आर्थिक सहयोग गरेको छ । संस्थाले क्यान्सर पीडित भएर उपचारको क्रममा मृत्यु भएका सैविर विकका छोरा एन्जलको १८ बर्षसम्म गुणस्तर शिक्षाका प्राप्तीका लागि बार्षिक रुपमा ११ हजारको दरमा संस्थाले सहयोग गर्ने भएको हो ।


विश्वकर्मा हेल्पीङ हेन्ड्स संस्थाका सदस्य पुर्ण विक ‘ पहाडी’ ले काठेखोला गाउँपालिका ५ मसुर खाल्डाका पीडित परिवारको घरमा पुगेर बालकलाई सहयोग हस्तान्तरण गर्दै एण्जल विक १८ बर्ष नपुगुनजेलसम्म अभिभावकको रुपमा संस्थाबाट शिक्षा प्राप्तका लागि ११ हजारको दरमा सहयोग उपलब्ध गरिराख्ने प्रतिवद्धता जनाएका थिए । बालक एन्जल विकका आमा नानुमाया वि.क र मिलन महिला समुह सचिव बुद्धिमाया पुन लगायतको उपस्थितमा सो सहयोग हस्तान्तरण गरिएको हो ।


आर्थिक अवस्था कमजोर भएर गुणस्तर शिक्षा लिन बञ्चित भएका चारबच्चाका लागि अन्य क्षेत्रमा सहयोगको लागि पहल गर्ने प्रतिवद्धता पहाडीले गरेका छन् । स्थानीय अगुवा महिला बुद्धिमाया पुनले सहयोग दातालाई धन्यवाद दिदै यहाँहरुबाट प्राप्त सहयोगलाई बालबच्चाको गुणस्तर शिक्षा प्राप्त गर्नका लागि खर्च गरिदिने बताएका छन् ।आर्थिक अवस्था कमजोर भएका स्वर्गिय विकको परिवारमा श्रीमती सहित तिन छोरी, १ छोरा रहेको छन् ।
देशका विभिन्न भागमा मृगौला तथा क्यान्सर पीडित र विपन्न परिवारका बालबालिकालाई सहयोग गर्दै आएको विश्वकर्मा हेल्पीङ संस्थाले शैक्षिक क्षेत्रमा पहिलो सहयोग गरेको हो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l