धौलागिरि हिमाल काखैमा गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

  • १२ बैशाख २०७५, बुधबार
  • 7916 पटक पढिएको

म्याग्दी, १२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रलाई समेटेर तयार पारिएको ‘धौलागिरि हिमाल काखैमा’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । रघुगंगा गाउँपालिका –७ चिमखोलाकी गायीका मनमायाँ घर्तिको एकल लोक भाकाको गीतलाई म्युजिक भिडियो सहित हिम सम्झौता म्युजिक प्रा.लि.बाट म्युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

ग्रामीण जिवनशैलि र दग्नाम, दरमिजा, चिमखोला, चौरखानी लगायतका ठाउँको ऐतिहाँसिक एवम धार्मिक स्थलहरुलाई समेत समावेश गरिएको उक्त गीतमा पछिल्लो समय चर्चामा रहेकी म्याग्देली मोडल पूर्णिमा बि.सी.ले अभिनय गर्नुभएको छ । रघुगंगा गाउँपालिका– ४ दग्नाममा जन्मिएर अन्नपूर्ण गाउँपालिका–३ दानामा बस्दै आएकी मोडल विसीले यस अघि साढे १ दर्जनबढी गितहरुमा अभियन गरिसक्नुभएको छ ।
यस अघि ‘के काम गाई पालेर’  बोलको रोइला गीत र ‘रोइ रहन्छ यो मन सानु’ बाेलकाे गीतमा स्वर दिइसकेकी गायीका घर्तिले गाउँघरको कला संस्कृति र जनजिवनलाई झल्काउने गरि गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याइएको बताउनुभयो ।

 

लय लय र शब्द सिर्जना समेत गायीका घर्तिकै रहेको उक्त गीतको म्युजिक भिडियो एकिन्द्र सारा शंकरको निर्देशन, हरिश महराको छायांकन र अमर शाक्यको सम्पादनमा तयार गरिएको हो ।