घरमै सिंहदरबार ! घरमै पुगेर सेवा प्रवाह
- ४ बैशाख २०७५, मंगलवार
- 2133 पटक पढिएको
म्याग्दी, ४ वैशाख । बेनी नगरपालिका वडा नम्बर ८ ले एक अपांगता भएका व्यक्तिको नागरिकताको अनुशुचि र सिफारिस घरमै उपलब्ध गराइएको छ । बेनी स्थित शिक्षामार्गमा बस्दै आएका रत्न बहादुर मगरका अपांगता भएका छोरा कुमार मगरलाई मंगलवार वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराईली र वडा सचिब कृष्णप्रसाद सुवेदीले नागरिकताको सिफारिस घरमै पुगेर उपलब्ध गराउनुभएको हो ।
पूर्ण शारिरीक अपांगता भएका (दुबै खुृट्टा नचल्ने ) ३३ बर्षिय मगरको नागरिकता निकाल्नको लागि मंगलवार कार्यालय समय बाहिरको सयममा वडा कार्यालयले घरमै पुगेर सिफारिस पत्र प्रदान गरेको वडा सचिब सुवेदीले जानकारी दिनुभयो ।
अपांगता भएका मगरको नागरीकता निकाल्नको लागि उनका अभिभावकहरु वडा कार्यालयमा सम्पर्क गरेकै दिन वडा कार्यालयले घरमै पुगेर सिफारिस गर्ने सेवा प्रवाह गरेको हो । वडा ८ का अध्यक्ष बराइली बेनी नगरपालीकाकाे प्रवक्ता समेत हुनुहुन्छ ।