पर्यटन विकासको लागि सुरक्षा, संचार र अनुभवी गाईड ब्यवस्थापनको चुनौती

  • २२ चैत्र २०७४, बिहीबार
  • धिरन खत्री
  • 2585 पटक पढिएको


म्याग्दी, २२ चैत । जिल्लाको पर्यटन सम्भावनालाई विकास गर्न सुरक्षा , संचार र अनुभवि गाईटको चुनौती रहेको बताउदै यसको ब्यवस्थापन गर्न सरकारवालाको ध्यानकषर्ण गराएका थिए । जिल्ला समन्वय समितिको सहकार्य र टे«किङ एशोसियन अफ (टान) को उपस्थितमा भएको छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्लाको पर्यटन विकास संगै पर्यटकको लागि धौलागिरि आईसफल पदमार्गमा पुर्वाधार निर्माण गर्न आवश्यक रहेको बताएका थिए ।


जिल्ला समन्वय समिति सभापति देवेन्द्रबहादुर केसीको अध्यक्षता भएको छलफल कार्यक्रममा प्रदेशसभा सदस्य विनोद केसीले जिल्लाको पर्यटन विकास लागि सुरक्षा चुनौतीलाई समाधान गर्न प्रदेश सरकारले पहिलो प्राथमिकतामा राख्ने बताएका थिए । केसीले ४ नम्वर प्रदेशलाई धार्मिक पर्यटकिय गन्तव्यमा पनि विकास गर्न सबै जिम्मेवार बन्न आग्रह गरेका थिए । ्सो कार्यक्रममा टान पोखराका अध्यक्ष दिपकराज अधिकारीले जिल्लाको पर्यटन सम्भावनालाई उजागर गर्न आवश्यक पुर्वाधार र सुरक्षालाई चुनौतीलाई जनप्रतिनिधि र स्थानीबासीले ध्यान दिन आग्रह गरेका थिए । पदमार्ग लगायतको पुर्वाधारको अभावले धौलागिरि हिमालको पहिचान राष्ट्रियस्तरमा ओझेलमा परेको हुदाँ यसको विकास लागि पदमार्ग, संचार, सुरक्षा, होटल र अनुभवि गाईट ब्यवस्थापनका लागि निर्वाचित जनप्रतिनिधि र स्थानीयबासी लाग्नुपर्ने बताएका थिए ।


जिल्लाको सदरमुकाम बेनी देखि गुर्जाको पुथा हिमालसम्म १८ दिनको प्याकेजमा सकिने ुहदाँ प्रचारप्रसारको अभावमा ओझेलमा परेको धौलागिरि गाउँपालिका १ गुर्जाका अध्यक्ष झक छन्त्यालले बताए । धौलागिरि आईसफल पदमार्गलाई सुरक्षित बनाउन ७ ओटा पुल निर्माण गर्न सकेमा ईटली क्याम हुदै सुईस क्याम्प जान पर्यटकलाई सहज हुने पत्रकार घनश्याम खडकाले सुझाव दिएका थिए ।

म्याग्दी उद्योग वाणिज्य संघको संयोजनमा म्याग्दी भ्रमण बर्ष २०७५ मनाउने तयारी भएको हुदाँ प्रमुख पर्यटकियस्थलाई लक्षित गरेरे निश्चित दिनको प्याकेज बनाउन सबै क्षेत्रको सुझाव र सहकार्य गर्न अध्यक्ष उत्तम कर्माचार्यले आग्रह गरेका थिए । सो छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, जनप्रतिनिधि, प्रशासकिय प्रमुख, म्याग्दी उद्योग वाणिज्य संघ, पर्यटन सम्वन्धि संस्था लगायतको उपस्थित भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l