बेमौसमी हिउँले ढाकिएको पुनहिलमा पर्यटक हिउँसंगै रमाए (फोटो कथा)

  • २ चैत्र २०७४, शुक्रबार
  • कमल खत्री
  • 2434 पटक पढिएको

म्याग्दी, २ चैत । म्याग्दीका अन्नपूर्ण गाउँपालिका –६ मा अवस्थित पर्यटकीय पुनहिल क्षेत्रमा बेमौसममी हिमपात भएको छ । गयराती मौसममा आएको बदली संगै भारी हिमपात भएपछि पुनहिल संगै यस क्षेत्रमा रहेको प्रशिद्ध पर्यटकीय क्षेत्र मोहरेडाँडा, खोप्रालेक क्षेत्रका गुँरासे जंगल हिउँले ढाकिएका छन् ।


अन्नपूर्ण फेरोमा भम्रण आएका पर्यटकहरु बेमौसमी हिमपात भएपछि हर्षित भएर रमाईरहेको घोरेपानीका होटल व्यवसायि टेकसर बुद्धुजा पुनले बताउनुभयो ।

हिमपातले ढाकीएको जंगल हूँदै पर्यटकहरु पुनहिल पुगेर दिनभर जसो तस्बिर खिचाउन व्यस्त बनेका थिए । भर्खरै फुल्दै गरेका गुँरासे जंगलहरु हिउँले ढाकीएर सेताम्मे बनेको उहाँले जानकारी दिनुभयो ।

घोरेपानी, मोहरेडाँडा, र खोप्रा क्षेत्रमा रहेको गुँरासे जंगललाई संसारकै ठुलो गुराँसे जंगलको रुपमा परिचित रहेको छ । राती अकस्मात परेको हिउँले त्यस क्षेत्रमा पुगेका पर्यटकहरुलाई उत्साहित बनाएको थियो ।

तस्बिर : टेकसर बुद्धुजा पुन, देवेन्द्र केसी

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l