उपराष्ट्रपतिमा पुनलाई नै उम्मेदवार बनाउने माओवादीको निर्णय

  • १ चैत्र २०७४, बिहीबार
  • 1525 पटक पढिएको

काठमाडौ– नेकपा माओवादी केन्द्रले उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै निरन्तरता दिने निर्णय गरेको छ । सो पार्टीको बिहिबार बसेको बैठकले उनलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।  अब पुनले वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा आगामी चैत ३ गते उम्मेदवारी दर्ता गराउने छन् ।

यस्तै उपराष्ट्रपतिको निर्वाचन भने चैत ९ गतेको लागि निर्वाचन आयोगले तय गरेको छ । एमाले र माओवादीबीच राष्ट्रपति र उपसभामुख एमाले तथा उपराष्ट्रपति र सभामुख एमालेले पाउने समझदारी बनेको थियो । सोही समझदारीअनुसार एमालेबाट  राष्ट्रपतिमा विद्या भण्डारी विजयी भइसकेकी छिन् भने सभामुखमा माओवादीका कृष्णबहादुर महरा विजयी भइसकेका छन् ।