विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि

  • २८ फाल्गुन २०७४, सोमबार
  • 1775 पटक पढिएको

२८ फागुन, काठमाडौं । यूएस एयरको विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटना स्थलमा २८ जनाको शव संकलन गरिएको छ ।

३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए ।
मृतकको संख्या बढ्नसक्छ ।घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।