म्याग्दीका कलाकार विश्वकर्माले ल्याए ‘सगरमाथाको देश हाम्रो नेपाल’ स्वदेश गान (भिडियो सहित)

  • ९ माघ २०७४, मंगलवार
  • 3903 पटक पढिएको

म्याग्दी, १० माघ । म्याग्दीका कलाकार विकास विश्वकर्माको ‘सगरमाथाको देश हाम्रो नोपाल’ बोलको स्वदेश गान बजारमा ल्याउनुभएको छ । ओपल अडियो भिडियोको प्रस्तुतीमा विकास विश्वकर्माको लय तथा शब्द संकलनमा सो स्वदेश गानलाई म्युजिक भिडियो सहित युट्युब मार्फत बजारमा ल्याईएको हो ।

सुमन केसी र स्मृति शाही, विवि अनुरागी, स्वरुपा रसाईली, विकास विश्वकर्मा, सुकुराम विश्वकर्मा, श्याम रसाईली, देवी घर्ति, नारायण दंगाल र कमल थापाकोको सुमधुर स्वरमा रेकर्ड गरिएको सो गितमा विवि अनुरागीले एरेन्ज गर्नुभएको छ । सो गितको म्युजिक भिडियो समेत आकर्षक बनाईएको छ ।

रविन्द्र बरालले निर्देशन गर्नुभएको म्युजिक भिडियोमा आयुष रिजाल, विवि अनुरागी, विकास विश्वकर्मा, स्वरुपा रसाईली, स्मृति शाही, सुकुराम विश्वकर्मा, श्याम रसाईली, नारायण दंगाल, सुमन केसी लगायतका कलाकारहरुले अभिनय र नृत्य गरेका छन् ।

म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्क निवासी कलाकार विकास विश्वकर्माले यस अघि लामो केश आँखा गाजलु, रुदै छिन छिन, मुटुभरी मायाँ साँच्नलाई, (निसा केसीसंगको सहकार्यमा सम्झनाले साह्रै रोयो मन), शंकाको आगोले लंका जलायो लगायतका लोकदोहोरी गितहरु बजारमा ल्याईसक्नुभएको छ ।