राष्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान नेपाल शाखा कतारको अधिबेसन मार्चमा

  • २८ पुष २०७४, शुक्रबार
  •  तिलु शर्मा पौडेल
  • 2671 पटक पढिएको

दोहा कतार । बहुजाति ,बहुभाषी तथा बिबिध सस्कृतिको धनी मुलक नेपालको रास्ट्रिय पहिचानलाई झल्काउने लोक सस्कृतिको धरोहरको रुपमा रहेको “लोक तथा दोहोरीगीत” लाइ ब्यबस्थित एबम मर्यादित गराउदै नेपालि समाजको कुना कन्दरामा रहेको लोक परम्पराको मौलिकपनलाई जोगाउन तथा दुख,पिडा,हर्ष तथा आशुको अभिव्यक्तिको शसक्तमाध्यम बनेको “लोक तथा दोहोरीगीत” को मर्मलाइ जीवित राख्न लोकदोहोरिसंग आबद्ध सम्पूर्ण कलाकार तथा सुभेच्छुकहरुको एकजुटतामा २०५८ सालमा सामाजिक सस्थाको रुपमा स्थापना भएको उक्त सस्थाको शाखा कतारको तदर्थ समितिले कतारमा रहेका विभिन्न नेपाली संघसंगठन तथा पत्रकारहरु सङ्ग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

कतारको सलुवारोड स्थित ग्रिन रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको संघसस्था तथा पत्रकार भेटघाट कार्यक्रमको सभापतित्व राष्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान नेपाल शाखा कतारका तदर्थ समिति उपसंयोज  शक्ति क्षेत्रीले गरेका थिए। कार्यक्रममा रास्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान नेपालका मानर्थ सदस्य तथा शाखा कतारका सल्लाहकार ईश्वर काफ्ले प्रमुख अतिथि रहेका थिए।

स्वागत मन्तब्य तथा ब्यानर अनावरण संगै अघि बढेको उक्त कार्यक्रममा बिशेश अतिथिमा प्रतिस्ठान शाखा कतारका संयोजक कृष्ण बराल, रास्ट्रीय लोक तथा दोहोरी गायिका तथा प्रतिस्ठान शाखा कतार कि सल्लाहकार देबिका केशी ( गुरुङ), लगायत विभिन्नसामाजिक,साँस्कृति, साहित्यिक तथा बिभिन्न राजनीतिक दलका सस्था प्रमुख, ब्यबसायि समाजसेबी तथापत्रकारहरुकको बाक्लो रुपमा बिसेष उपस्थिति रहेको थियो

उक्त कार्यक्रममा सस्थाकि सल्लाहकार देविका केसीले लोक गित सङ्गीत र सस्थाका बारेमा आफना अनुभब सहित सस्था स्थापनाको उदेश्य माथि प्रकास पार्नु भएको थियो । हाम्रो अभियान ,लोक सस्कृतिको संरक्षण ,श्रस्ठाको सम्मान र नवप्रतिभाको  प्रोत्साहन ” भन्ने मुल नारालाई आत्मसात गर्दै कतारमा श्रम संघर्ष गर्दै नेपाली कला सस्कृतिको उत्थान का निम्ति आफ्ना विभिन्न कला र गला माध्यमबाट नेपाली लोक तथा दोहोरीको जगेर्ना गर्दै आएका कलाकार एक जुट भए र प्रतिस्ठानको बिस्तार प्रक्रियामा जुटेका हुन

कार्यक्रममा तमु सेवा समाज कतारका दित्तीय उपाध्यक्ष भाइ काजी गुरुङ, लमजुङ सेवा समाज कतारका अध्यक्ष बिष्णुलाल श्रेष्ठ, बाग्लुंग सेवा समाज कतारका अध्यक्ष चन्द्रकान्त शर्मा, अर्घाखाची सेवा समाजका अध्यक्ष ठाकुर कुमार परियार, जनसम्पर्क समितिका सह-महामन्त्री केदार भुषाल प्रबासी नेपालि मन्चका अध्यक्ष चानक पोखरेल लगायतले बोलेका थिए l उक्त कार्यक्रममा बोल्ने सबैले साँगितिक फाटमा देखिने बिसेष त् कतारका स्टेजमा र सिङ्गो साँगितिक जगतमा देखिएको बिकृतिलाइ रोक्न प्रतिस्ठान सफल बनोस भन्दै सुभकामना सहित सधै साथ्,सहयोग र सहकार्यको प्रतिबद्धता जनाउदै राम्रो कार्य को सुरुवात गरेको भन्दै प्रसंशा सहित सफलता को शुभकामना ब्यक्त गरेका थिए ।

पहिलो चरणको कार्यक्रमको सम्पान संगै प्रश्नोत्तरमा प्रबेश गरेको कार्यक्रममा सोधिएका प्रश्नको जवाफ दिने क्रममा लुकेर रहेका नव प्रतिभा भएका कलाकारलाई स्थान दिलाउने कुरामा जोड दिदै प्रतिस्ठान का संयोजक कृष्ण बरालले प्रतिस्ठान साझा चौतारी भएको बताउदै यसलाई अन्यथा नबुझि दिन अनुरोध गर्नु भएको थियो। कार्यक्रममा बोल्दै रास्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान नेपालका मानर्थ सदस्य तथा शाखा कतारका सल्लाहकार ईश्वर काफ्लेले लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गराउने अवसर जुटाउदै नेपाली कला र सस्कृतिको जगेर्ना गर्दै नेपाली कला सस्कृतीलाई बिदेशसम्म पहिचान दिलाउने प्रतिस्ठानको मुख्य उदेश्य रहेको बताउनु भएको थियो

यो सस्थाको अधिबेशन कहिले कहाँ र कसको आतिथ्यमा संम्पन्न हुदै छ भनी सोधिएको प्रश्नको प्रतिउत्तरमा काफ्लेले आगामी मार्च १६,२०१८ का दिनमा रास्ट्रिय लोकदोहोरि गित प्रतिस्ठान केन्द्रका बरिस्ठ उपाध्यक्ष तथा विदेश बिभाग प्रमुख रमेश बिजी ज्युको प्रमुख आतिथ्यमा सम्पन्न हुने र स्थानको बारेमा केही समयमा टुङ्गो लाग्ने जानकारी दिनु भएको थियो l अर्को एक प्रश्नको जवाफ दिने क्रममा सल्लाहकार केसीले लोक गित नेपालको पहिचान हो जुन माटोको गन्धबाट जन्मने साधना पनि कम गर्ने प्रचलन रहेको र सुगम सङ्गीतलाइ बढी साधनाको जरुरत पर्ने हुदा फरक फरक पाटो जस्तो देखिए पनि सङ्गीतको मर्म एकै भएको हुनाले कुनै विभेद नरहेको र गर्न नहुने प्रस्ट पारेकी थिइन l

कार्यक्रमलाइ समापन गर्दै प्रतिस्ठानका उपसंयोजक तथा कार्यक्रमका सभापति शक्ति क्षेत्रीले कलाकार त्यो पन्छी हो जुन संसार छुने कोसिस गर्छ भन्दै कलाकार लाई प्रतिभा प्रस्फुटन गर्न सजिलो वातावरणको सिर्जना गर्न जरुरी रहेको बताउदै कतारमा रहेका विभिन्न संघसंगठनहरु सङ्ग समन्वय गर्दै अगाडी बढने प्रतिबद्धता सहित समापन गर्नु भएको कार्यक्रमको संचालन सस्थाका सचिव मोहन शाहले गरेका थिए

 तिलु शर्मा पौडेल