छमछमी नचाउने पञ्चेबाजा ‘आउन माया काली तरेर’ बजारमा (भिडियो सहित)

  • १ मंसिर २०७४, शुक्रबार
  • 9978 पटक पढिएको

म्याग्दी, १ मंसिर । म्याग्दीका गायक राजन भुजेल र बागलुङकी गायीका विमला श्रीसले ‘आउन माया काली तरेर’ बोलको पञ्चेबाजा लोकदोहारी गिती एलबमको म्युजिक भिडियो बजारमा ल्याएका छन् । मंसिर १ गते युट्युबबाट रिलिज गरिएको गीतमा गायक भुजेलले स्वर दिएका छन् भने उनका छोरा सफल भुजेलले अभिनय गरेका छन् ।
गायीका बिमला श्रीसको लय र शब्द संकलन रहेको सो गीतमा गायक भुजेल र गायीका श्रीसले स्वर दिएका हुन् ।

सो गीतको म्युजिक भिडीयोमा सुरविर पण्डित, रिना थापा, सफल भुजेल विश्वकर्मा. संजय मगर लगायतले अभिनय गरेका छन् । गलेश्वर म्युजिक प्रा.लि. मार्फत बजारमा ल्याईएको सो गीतको म्युजिक भिडियोमा प्रकाश भट्टको निर्देशन रहेको छ। मोडल भुजेलले यसै गीतबाट मोडलिङ क्षेत्रमा डेब्यु गरेका छन् । सो म्युजिक भिडियोमा अवि कार्की र शान्ति छन्त्यालले दुलहा र दुलहीको अभिनय गरेका छन् ।


म्याग्दी र बागलुङका महत्वपूर्ण ठाउँहरुलाई समेटेर तयार गरिएको सो पञ्चेबाजा गीतले यस क्षेत्रको प्रचार प्रसारमा सहयोग पुग्ने गायक भुजेलले बताए । गायन संगै काठमाण्डौमा गरगहनाको व्यवसायमा सक्रिय रहेका कलाकार भुजेलले यस अघि विभिन्न एल्बमहरु बजारमा ल्याईसकेका छन् ।