शुक्रवार साँझ राजधानिका केही सञ्चार गृहमाथि प्रहरीले धरपकट गरी पत्रकार पक्राउ गरेको छ । नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
default
त्यसैगरी नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोशाकमा खटिएका प्रहरीहरू पत्रिकाको कार्यालयमै प्रवेश गरेका छन् । उनीहरूले मैनालीलाई नलगी नजाने भन्दै घण्टौँ कार्यालयमा कुरेका थिए । अदालतबाट पक्राउ पुर्जी नलिइकन समाचारसंग सम्बन्धित बिषयमा प्रहरीले सञ्चार गृहमै पसेर पत्रकारमाथि धरपकट गर्न थालेपछि नेपाल पत्रकार महासंघ लगायत विभिन्न संघ संस्थाहरुले विरोध जनाएका छन् ।