कृषकलाई रघुगंगा गाउँपालिकाको प्रोत्साहन
- २२ असार २०८३, सोमबार
- 3 पटक पढिएको
म्याग्दीको रघुगंगा गाउँपालिकाले कृषिलाई व्यवसायिकरण र आधुनिकीकरण गर्न कृषकहरुलाई प्रोत्साहन गरेको छ । धान, मकै, कोदो, गहुँ, जौलगायतको अन्नबाली, आलु, गोलभेडालगायतको तरकारी खेती र सुन्तला, केरालगायतको फलफुल खेती हुँदै आएको यस गाउँपालिकामा कृषकहरुलाई तालिम, सिंचाई, यान्त्रिक उपकरण उपलब्ध गराएर पालिकाले कृषकहरुलाई सुविधा दिन थालेको हो ।
आर्थिक बर्ष २०८२÷०८३ मा यस गाउँपालिकाको कृषि विकास शाखाबाट सिंचाई पाईप, कृषि यान्त्रिकरण तथा मौरी पालन समाग्री वितरण गरिएको छ । साना सिंचाई र कृषि उपकरणमा ७५ प्रतिशत तथा मौरीपालन सामाग्रीमा ५० प्रतिशत अनुदान दिईएको गाउँपालिकाका कृषि विकास अधिकृत श्याम सरन कुर्मीले बताउनुभयो । उहाँका अनुसार, साना सिंचाईमा इन्टेक निर्माण तथा पाईप वितरण गरिएको छ भने यान्त्रिकरण अन्तर्गत कुटानी पिसानी मिल, मिनी टेलर, थे्रेसर, लगायतका सामाग्री, तथा मौरीपालनमा मौरी सहितको घार र खाली घार वितरण गरिएको छ ।
गाउँपालिकाले साना सिंचाईका लागि रु १४ लाख, कृषि उपकरण वितरणका लागि रु १२ लाख र मौरीपालन सामाग्री वितरणका लागि रु ६ लाख बजेट विनियोजन गरेको थियो । यस बर्ष गाउँपालिकाले कृषकहरुलाई तीन दिने मौरीपालन सम्बन्धि तालिम समेत प्रदान गरेको छ । पालिकामा आवेदन दिएका मध्ये कार्यपालिका बैठकको निर्णय बमोजिम छनौट भएका १६ वटा कृषि फर्म तथा समूहलाई मौरीपालन सम्बन्धि सामाग्री वितरण गरिएको छ भने साना सिंचाई अन्तर्गत २१ जनालाई डम, इन्टेक, पाईप सहयोग गरिएको छ । कृषि उपकरण वितरण कार्यक्रम अन्तर्गत ३४ वटा कृषि फर्म सञ्चालकहरुलाई मिनीटेलर हलो, थ्रेसर, च्यापकटरलगायतका सामाग्री सहयोग गरिएको कृषि विकास अधिकृत कुमर््िले जानकारी दिनुभयो । 
साना सिंचाई कार्यक्रम तर्फ चिमखोला भेडा तथा बाख्रा पालन कृषक समूह, सिद्ध कृषि तथा पशुपन्क्षी फर्म, न्यू कालीगण्डकी कृषि तथा पशुपंक्षी फर्म, मिदास कृषि तथा पशुपंक्षी फर्म, भण्डारी कृषि बागवानी तथा पशुपंक्षी फर्म, कार्की कृषि तथा पशुपंक्षी फर्म,दर्मिजा कृषि तथा पशुपंक्षी कृषक समूह, राष्ट्रिय अपाङ्ग कृषि तथा पशु फर्म, फुलवारी कृषि तथा पशुपंक्षी कृषक समूह, नमुना कृषि तथा पशुपंक्षी फर्म, सिम्ले कृषि तथा पशुपालन कृषक समूह, रिजाल कृषि तथा पशुपालन कृषक समूह, कालीगण्डकी कृषि फर्म, अग्रता सुन्तला कृषि फर्म, गिता कृषि तथा पशुपंक्षी फर्म, ग्रिनल्याण्ड कृषि फर्म, प्रमिला पोल्ट्री फारम तथा कृषि पशुपालन तरकारी व्यवसाय, बालिनडाँडा कृषि कृषक समूह फर्म, मुक्तिनाथ कृषि तथा पशुपंक्षी फर्म, सृष्टि फलफुल तथा कृषी फर्म र सम्मर कृषि तथा पशुपन्छी फर्मले सिंचाई डम, पाईप खरिद तथा इन्टक बनाउनका लागि ७५ प्रतिशत अनुदान पाएका छन् ।
त्यसैगरी कृषि उपकरण वितरण कार्यक्रम अन्तर्गत चिमखोला भेडा तथा बाख्रा पालन कृषक समूह, प्रगति कृषि तथा पशुपंक्षी कृषक समूह, दर्मिजा कृषि तथा पशुपंक्षी कृषक समूह, सिम्ले कृषि तथा पशुपालन कृषक समूह,आरती कृषि तथा पशुपंक्षी फर्म, सज्जन कृषि तथा पशुपंक्षी फर्म , कार्की कृषितथा पशुपंक्षी फर्म, गिता कृषि तथा पशुपंक्षी फर्म, विपिन बहुउदेश्यीय कृषि फर्म, राजविराज कृषि तथा पशुपंक्षी फर्म, सिद्ध भुमे कृषि तथा पशुपंक्षी फर्म र पुर्जा कृषि तथा पशुपंक्षी फर्मलाई १÷१ वटा कुटानीपिसानी मिल ७५ प्रतिशत अनुदानमा उपलब्ध गराईएको छ ।
त्यसैगरी बारकुटी कुषि तथा पशु फर्म, भण्डारी कृषि फर्म, विन्दु कृषि तथा पशुपालन फर्म, जिसी कृषि तथा पशुपन्क्षी फर्म, डि.एम. कृषि तथा पशुपन्क्षी फर्म, पुजन कृषि तथा पशुपंक्षी फर्म, साझा कृषि फर्म, बस्याल कृषि तथा पशुपंक्षी पशुपालन व्यवसाय फर्म, रिदम सून्तला कृषि फर्म, जनजागृति कृषि फर्म, ग्रिन हाउस बहुउदेश्यीय कृषि तथा पशुपालन फर्म, सिरवारी कृषि तथा पशुपंक्षी फर्म, बाबुराम एण्ड दिप्सन कृषि तथा पशुपंक्षी फर्म, सोफिया कृषि फर्म, बेग देउराली कृषक समूह, खत्री कृषि फर्म, माईथान कृषि तथा पशुपंक्षी फर्मलाई १÷१ वटा मिनि टेलर ( हाते ट्याक्टर) खरिदमा ७५ प्रतिशत अनुदान उपलब्ध गराईएको छ ।
दास कृषि तथा पशुपंक्षी कृषक समूह, प्रताब कृषि तथा पशुपंक्षी फर्मलाई १÷१ वटा च्यापकटर तथा रघुगंगा कृषि तथा पशुपंक्षी फर्म र इन्द्र कृषि तथा पशुपंक्षी फर्मलाई १÷१ वटा थ्रेसर मेसिन खरिद गर्न ७५ प्रतिशत अनुदान उपलब्ध गराईएको गाउँपालिकाले जनाएको छ ।
मौरीपालन सामाग्री वितरण कार्यक्रम अन्तर्गत नांगी भिर कृषि तथा पशुपंक्षी फर्म, मिदास कृषि तथा पशुपंक्षी फर्म, कार्की कृषि तथा पशुपंक्षी फर्म, दर्मिजा कृषि तथा पशुपंक्षी कृषक समूह, दिप्सन पशुपालन फर्म, प्रताप कृषि तथा पशुपन्क्षी फर्म, सम्पदा कृषि तथा पशुपंक्षी फर्म, सुदिप कृषि तथा पशुपंक्षी फर्म, मुक्तिनाथ कृषि तथा पशुपंक्षी फर्म, बाँदुक सामुहिक कृषि फर्म, अनमोल कृषि तथा पशुपंक्षी फर्म, सोहन कृषि तथा पशुपंक्षी फर्म, दास कृषि तथा पशुपंक्षी समूह, सुर्य अर्गानिक कृषि तथा पशुपंक्षी फर्म, गौमतीदेउ कृषि तथा पशुपंक्षी तथा माछा पाहा फर्म, र पुर्जा कृषि तथा पशुपंक्षी फर्मलाई गोला सहितको घार, खाली घार, रानी गेट, घुम्ती टोपी, फिडर, पञ्जा, धुवादानी र स्टेन्ड लगायतका सामाग्री खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराईएको छ ।
गाउँपालिकामा कृषि पेशालाई अंगालेका कृषकहरुलाई प्रोत्साहन गर्ने, थप व्यावसायिक बनाउन र उनीहरुलाई उत्पादन बढाउन पालिकाले तालिम, विउ विजन वितरण तथा अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । ‘‘अनुदानका लागि आवेदन दिएका कृषि फर्म, समूह तथा सहकारीहरुको स्थलगत अवलोकन गरी कृषि पेशालाई अंगालेका कृषकहरुलाई मात्र अनुदान दिने गरिएको छ, आगामी दिनमा कृषि उपजको उत्पादन बढाउन यसले महत्वपूर्ण भूमिका खेल्ने पालिकाले अपेक्षा गरेको छ’’– गाउँपालिका अध्यक्ष भण्डारीले भन्नुभयो । गाउँपालिका अध्यक्ष भण्डारीले यस बर्ष पालिकाको ८ वटै वडामा कृषि र पशुपालन तर्फ १÷१ जना उत्कृष्ट कृषक छनौट गरी पुरस्कृत गरिएको जानकारी समेत दिनुभयो ।
वडा तहबाट अनुदानमा सुन्तलाका विरुवा वितरण गरिएको रघुगांमा उन्नत जातको गहुँको विउ, मौसमी तथा बेमौसमी तरकारीको विउ वितरणको साथै जै घाँसको विउ समेत कृषकहरुलाइ वितरण गरीएको छ । कृषक, विद्यार्थी र सरोकारवालाहरुलाई विषादी सचेतना गरिएको यस गाउँपालिकामा तरकारी खेती, आलु खेती र फलफुल खेती सम्बन्धी स्थलगत तालिमहरु समेत प्रदान गरिएको छ । वडा १ बेग र वडा नम्बर २ भगवतीमा सुन्तला खेती, वडा नम्बर ६ पाखापानीमा मौसमी तथा बेमौसमी तरकारीखेती तथा वडा नम्बर ८ घ्यासीखर्कमा आलु खेती सम्बन्धी स्थलगत एक दिने टेवा सेवा तालिम संगै सामाग्री समेत वितरण गरिएको थियो । वास्तविक कृषकहरुलाई प्रोत्साहन हुने र कृषि उत्पादन बढाउन गाउँपालिकाले सञ्चालन गरेको कृषि कार्यक्रमहरुले टेवा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताउनुभयो । (रघुगंगा गाउँपालिकाको कृषि विकास शाखाको गतिविधि प्रचार प्रसार) 
