म्याग्दी जेसीजको आयोजनामा योग शिविर सम्पन्न

  • ७ असार २०८३, आईतवार
  • 3 पटक पढिएको

विश्व योग दिवसको अवसरमा म्याग्दी जेसीजको आयोजनामा तीन दिने योग शिविर सम्पन्न गरिएको छ । स्वस्थ्य जीवनयापन र स्वास्थ्य जीवनशैलिलाई प्रोत्साहन दिनका लागि म्याग्दी जेसीजका सदस्यहरुलाई तीन दिने योग अभ्यास गराईएको हो ।
असार ५ देखि ७ गतेसम्म सञ्चालन भएको शिविरमा योग प्रशिक्षक दिपेन्द्र कुमार विश्वकर्मा र कमल कुमारी पुनले व्यवहारिक रुपमा योग अभ्यास गराउनुभएको थियो । आइतवार सम्पन्न योग शिविर समापन कार्यक्रममा म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश कुमार विश्वकर्माको अध्यषता, महासचिब गोकुल विकको स्वागत र कार्यक्रम संयोजक अस्मिता भण्डारी लामिछानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।