पोर्तुगलमा रहनुभएका केसीद्धारा अपांगता भएका घिमिरेलाई आर्थिक सहयोग
- ३० जेष्ठ २०८३, शनिबार
- 3 पटक पढिएको
म्याग्दी, ३० जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भई हाल पोर्तुगलमा रहनुभएका समाजसेवि ओकिल केसीले अपांगता भएका कृष्णबहादुर घिमिरेलाई सहयोग गर्नुभएको छ । नेपाली जनसम्पर्क समिति पोर्तुगलको पूर्व अध्यक्ष समेत रहनुभएका केसीले बेनी नगरपालिका–२ ज्यामरुकोट, आम्बोटका अपांगता भएका कृष्णबहादुर घिमिरेलाई रु २० हजार सहयोग गर्नुभएको हो ।

बाँसको बोटबाट खसेर विगत २२ बर्षदेखि अपांगता हुनुभएका घिमिरेको सहज जिवनयापनमा सहयोग पुगोस भन्ने उदेश्यले केसीले उक्त सहयोग गर्नुभएको हो । केसीले घिमिरेलाई यस अघि पनि आर्थिक सहयोग गर्नुभएको थियो । अपांगता भएका घिमिरेले सहयोगदाता केसीले आफ्नो अप्ठेरो परिस्थितिमा निरन्तर सहयोग गरेको भन्दै आभार प्रकट गरेका छन् । पोर्तुगलमा रोजगारदाता कम्पनी सञ्चालन गर्दै आउनुभएका केसीले यसअघि पनि विभिन्न सामाजिक कार्यहरुमा आर्थिक सहयोग गर्दै आउनुभएको छ
।