जेलब्रेक आन्दोलनका क्रममा फरार कैदी पक्राउ
- २६ जेष्ठ २०८३, मंगलवार
- 147 पटक पढिएको
म्याग्दी२६ जेठ । जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक जना कैदी म्याग्दीमा पक्राउ परेका छन् । लागूऔषध मुद्दामा २ वर्ष १ महिना कैद सजाय फैसला भई नक्खु कारागारमा कैद भुक्तान गरिरहेका सप्तरीको खड्क नगरपालिका–१०डड्राही स्थायी घर भएका ५४ वर्षीय विश्वनाथ भगतलाई म्याग्दी प्रहरीले पक्राउ गरेको हो।
म्याग्दीको मालिका गाउँपालिका–७ भारवाङस्थित लुकीछिपी बसिरहेको अवस्थामा भगतलाई पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार, पक्राउ परेका फरार कैदीलाई जिल्ला कारागारमा बुझाउने र केन्द्रिय कारागारको निर्देशन बमोजिम कारागारमा राखेर कैद भुक्तान गराइनेछ । कारागारबाट फरार भएका भगत निर्माण क्षेत्रमा लुकिछिपी मजदुरी गर्दै आएका थिए ।