अपाङ्गता भएका व्यक्तिलाई बाख्रा र सहायता सामाग्री वितरण

  • १३ जेष्ठ २०८३, बुधबार
  • 3 पटक पढिएको

म्याग्दी१३ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा रहेका अपाङ्गता भएका व्यक्तिलाई सहायक सामाग्री र आयआर्जनका लागि बाख्रा वितरण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा पालिका स्तरीय अपाङ्गता सञ्जालले गाउँपालिकाका ८ वटै वडाका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री र आयआर्जनका लागि ८ जनालाई बिउपूँजी बापत माउ बाख्रा वितरण गरिएको छ ।
गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेल, रघगंगा गाउँपालिका स्तरीय अपाङ्गता सञ्जालका अध्यक्ष गणेश सुवेदीले उक्त सामाग्री र बाख्रा वितरण गर्नुभएको थियो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वीलचेयर, सेतो छडी, चश्मा, बैशाखी लगायतका सहायता सामाग्रीका सागै वडा स्तरमा गठन भएका अपाङ्गता स्वाबलम्बन समूहलाई पासबुक र माइन्युट समेत उपलब्ध गराईएको थियो । रघुगंगा गाउँपालिकाले चालु आर्थिक बर्षमा अपांगता लक्षित कार्यक्रमको लागि विनियोजन गरेको रु ४ लाख बजेटबाट सहायता सामाग्री र बिउपुँजीको रुपमा बाख्रा वितरण संगै अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाउनुका साथै वडा स्तरमा स्वाबलम्बन समूह गठन तथा नीति तथा कार्यक्रम र बजेटमा अपाङ्गता समावेशी निर्माण तथा अन्तराष्ट्रिय अधिकारहरुको बारेमा अनुशिक्षण समेत गरिएको छ ।