उत्तरी म्याग्दी र मुस्ताङमा पाँच दिनपछि बिद्युत आपूर्ती

  • १९ भाद्र २०७४, सोमबार
  • सन्तोष गौतम
  • 1963 पटक पढिएको

म्याग्दी १९ भदौ । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा पाँच दिनपछि केन्द्रिय प्रशारण लाईनको विद्युत आपूर्ती भएको छ ।प्रशारण लाईनमा खराबी आएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालीका र मुस्ताङमा गत बिहीबारदेखि विद्युत आपूर्ती हुन नसक्दा जनजिवन प्रभावीत बनेको थियो । नेपाल विद्युत प्राधिकरणले सोमबार दिउँसो प्रशारण लाईनको खराबी पत्ता लगाएर मर्मत गरेपछि विद्युत आपुर्ती सहज भएको हो ।

विद्युत सुबिधाको अभावमा बेग, दोवा, राम्चे, हिस्तान, भुरुङ तातोपानी, शिख, घार, दाना, नारच्याङका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका थिए । पर्यटकीय स्थल घोडेपानी, भुरुङ तातोपानी, दानाका होटल व्यवसायीहरु विद्युत आपुर्तीको अनियमितताका कारण समस्यामा परेको होटल ब्यवसायी ईन्द्रसिङ शेरचनले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले खराबी भएको ठाउँ पत्ता लगाउन नसकिदाँ मर्मतमा ढिलाई भएको बताएको छ । पहिले टाढाको लाईनमा समस्या खोजी गरेपनि मिलनचोक देखि तिल्केनीचौर खण्डमा समस्या रहेकाले सो समस्या पत्ता लगाई मर्मत गरेपछि विद्युत आपूर्ती सहज भएको केन्द्रले जनाएको छ ।

 

 

सन्तोष गौतम