गलेश्वर माविमा आधारभूत तह स्तरीय खुला हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  • ११ फाल्गुन २०८२, सोमबार
  • 1 पटक पढिएको

म्याग्दी ११ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा रहेको गलेश्वर माध्यमिक विद्यालयमा आधारभूत तह स्तरीय खुला हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न १० विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा प्रकाश मावि प्रथम, माउण्ट एभरेष्ट आवासिय मावि द्धितीय र वेष्ट पोइन्ट आवासीय मावि तृतीय हुन सफल भएका छन् । प्रथम,द्धितीय र तृतीय हुने विद्यालयलाई क्रमश नगद रु ८ हजार, ५ हजार ३ हजारको साथमा मेडलद्धारा पुरस्कृत गरिएको छ ।
कार्यक्रममा वडा अध्यक्ष चक्रबहादुर केसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमुना श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष सुर्यप्रकाश बानियाँ, सदस्य दलबहादुर बानियाँलगायतले विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानध्यापक गणेश बहादुर बानियाँले स्वागत र प्रकाश माविका शिक्षक खगेश्वर रिजालले शुभकामना मन्तव्य राख्नुभएको थियो भने सहायक प्रधानध्यापक तेजबहादुर राईले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । तस्बिरः शिक्षक होमनाथ शर्मा