जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई झोला वितरण

  • १९ माघ २०८२, आईतवार
  • 1 पटक पढिएको

पर्वतकोजलजला गाउँपालिका वडा नं. ३ अवस्थित बिन्ध्यवासिनी प्राथमिक आधारभुत बिद्यालय मा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय झोला वितरण गरिएको छ ।

म्याग्दीको बेनी नगरपालिका–५,भिरमुनी घर भई हाल जलजला गाउँपलिका वडा नं. ३ पर्वत निवासी सुर्यान्स बानियाँको जन्म दिनको अवसरमा बिद्यार्थिहरुको लागि ३० थान झोला वितरण गरिएको हो ।

आफ्नो मावलीतर्फका बाजे क्षेत्र बहादुर अधिकारीको अगुवाईमा स्थापना गरिएको उक्त विद्यालयमा अध्ययनरतर ३० जना बालबालिकाहरुको लागि झोला बितरण गरिएको बानियाँका अभिभावकले बताएका छन् ।