म्याग्दीका उम्मेदवारहरुसंग सार्वजनिक बहस हुने
- १३ माघ २०८२, सोमबार
- 73 पटक पढिएको
फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीबाट उम्मेदबार बनेकाहरुसंग सार्वजनिक बहस हुने भएको छ । म्याग्दी जेसीजले माघ १६ गते बेनीमा आगामी प्रतिनिधि सभा सदस्यमा प्रत्येक्षतर्फ उम्मेदवार बनेकाहरुसंग प्रत्यक्ष संवाद (ककस) सञ्चालन गर्न लागेको हो ।
जिल्लाबाट उम्मेदवार बनेकाहरुको योजना तथा प्रतिबद्धता र सहभागीहरुको प्रश्नको उम्मेदवारहरुले उत्तर दिने कार्यक्रम तय भएको म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश कुमार विश्वकर्माले जानकारी दिनुभयो । म्याग्दीमा जना स्वतन्त्र र ११ जना राजनीतिक दलको उमेदवारी कायम रहेको छ ।
जिल्लाबाट स्वतन्त्रबाट महावीर पुन, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (के.बी.), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापा, र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, नेकपा (माओवादी)का क्षेत्रबहादुर घिमिरे (धु्रब), प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा र मंगोल नेशनल अर्गनाइजेसनका भीमबहादुर लामाको उमेदवारी रहेको छ भने उम्मेदवारी कायम रहेपनि रास्वपाका उम्मेदवार युवराज रोकाले स्वतन्त्र उम्मेदवार महावीर पुनलाई सघाउने घोषणा गर्नुभएको छ ।