हाम्रो एक रुपियाँ, हाम्रो भविष्य: म्याग्दी जेसीजद्वारा दिगो कोष स्थापना

  • ५ माघ २०८२, आईतवार
  • 3 पटक पढिएको

म्याग्दी जेसीजले यस वर्षको प्रकरण को रूपमा “Leading Change, Empowering Generations” लाई आत्मसात गर्दै सोही अवधारणाअन्तर्गत विविध नेतृत्व विकास, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ।यस प्रकरण मार्फत वर्तमान नेतृत्वले सकारात्मक परिवर्तनको नेतृत्व गर्दै भावी पुस्तालाई सक्षम, उत्तरदायी र सशक्त बनाउने लक्ष्य लिइएको म्याग्दी जेसीजले जनाएको छ। वर्षभरि सञ्चालन हुने सम्पूर्ण कार्यक्रमहरू यसै प्रकरण सँग आबद्ध रही योजनाबद्ध रूपमा अघि बढाइनेछन्। सोही अभियानअन्तर्गत यस वर्षको पहिलो कार्यक्रमका रूपमा “हाम्रो एक रुपियाँ, हाम्रो भविष्य” अभियान सञ्चालन गर्दै संस्थागत दिगोपनका लागि कोष स्थापना गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश विश्वकर्माले बताउनुभयाे ।

म्याग्दी जेसीजकाे सन २०२६ काे पदभार ग्रहण पश्चात सम्पन्न प्रथम सञ्चालक समितिकाे बैठकबाट निर्णय गरी सुरू गरिएकाे यस अभियानमा सानो योगदानबाट  संस्थालाइ आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै दीर्घकालीन प्रभाव सिर्जना गर्ने विश्वास लिइएको छ। प्रत्येक पदाधिकारी ले १दिन १रुपैयाँको दरले रकम जम्मा गर्ने सञ्चालक समितिका पदाधिकारीहरूबाट संकलित सानो तर अर्थपूर्ण योगदान—प्रत्येकको एक रुपियाँ—लाई व्यवस्थित, पारदर्शी र उत्तरदायी रूपमा परिचालन गर्दै कोष निर्माण गरिएको हो।

यस पहलले म्याग्दी जेसीजलाई आत्मनिर्भर बनाउनुका साथै नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा सामुदायिक प्रभावका कार्यक्रमहरूलाई निरन्तरता दिन महत्वपूर्ण आधार तयार गर्ने अध्यक्षा विश्वकर्माकाे भनाइ छ। संस्थाले कोषको सञ्चालनका लागि स्पष्ट मापदण्ड, आर्थिक अनुशासन र नियमित लेखापरीक्षणको व्यवस्था गरेको जनाएको छ। यसले कोषलाई सुरक्षित, विश्वसनीय र दीर्घकालीन बनाउने विश्वास लिइएको छ। म्याग्दी जेसीजका पदाधिकारीहरूका अनुसार, “हाम्रो एक रुपियाँ, हाम्रो भविष्य” केवल आर्थिक संकलन अभियान मात्र नभई, सदस्यहरूबीच साझा जिम्मेवारी, स्वामित्व र भविष्यप्रतिको प्रतिबद्धताको प्रतीक हो। यो कोष आगामी पुस्ताका जेसीज नेतृत्वका लागि मजबुत आधारशिला सावित हुने अपेक्षा गरिएको छ।