खाना महोत्सवमा महिला उद्यमीहरुलाई सम्मान

  • १ माघ २०८२, बुधबार
  • 1 पटक पढिएको

म्याग्दी, ३० पुस । म्याग्दीको सदरमुकाम बेनीमा बुधवारदेखि सुरु भएको ११औं माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी मेलाको अवसरमा जिल्लाका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत महिला उद्यम विकास समिति म्याग्दीको मुल आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन सत्रमा जिल्लाभित्र विभिन्न उद्यमबाट स्थापित महिला उद्यमीलाई नगद सहित सम्मान गरिएको हो । 

सम्मानित हुनेमा धवलागिरी गाउँपालिकाबाट सिता कृषि फार्मकी सिता थापा,अन्नपूर्ण गाउँपालिकाबाट हरिमुल कृषि समुहकी टिका पाइजा तिलिजा, रघुगंगा गाउँपालिकाबाट बेगखोला अगरबत्ती उद्योगकी सिरमाया पुर्जा,मालिका गाउँपालिकाबाट धौलागिरी अल्लो उद्योगकी नेकसरा पुन, बेनी नगरपालिका बाट बेलढुंगा स्वर्गाआश्रम फार्मकी कुमारी थापा, रेनु टेलरिङ एण्ड बुटिक हाउसकी रेनु मल्ल शाही र जलजला गाउँपालिकाबाट कालिगण्डकी चाउचाउ उद्योगकी सञ्चालक अनिता मल्ल रहनुभएको छ ।

सम्मानित हुनेलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ र महिला उद्यम विकास समितिकी अध्यक्ष अम्किबा श्रेष्ठले अबिर, दोसल्ला र सम्मान पत्र र नगदसहित सम्मान गर्नुभएको थियो ।