जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान

  • २८ पुष २०८२, सोमबार
  • 1 पटक पढिएको

म्याग्दी, २८ पुस । जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान गरिएका छ । जिल्लाको मालिका गाउँपालिका–५,देविस्थानकी २२ बर्षिया सिमा पुनलालाई प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले आमाको नामबाट सोमबार वंशजका आधारमा नागरिकता प्रदान गर्नुभएको हो ।  नागरिकता ऐन,२०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम पुनलाई ५६ वर्षीया आमा लिलसरा पुनको नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रजिअ कुलप्रसाद आचार्यले जानकारी दिनुभयो । बुबाको पहिचान खुल्न नसकेको कारण नागरिकता विहिन बन्नुभएकी पुनलाई आमाको नामबाट नागरिकता प्रदान गरिएको हो ।
नेपाल नागरिकता (चौथो संशोधन) नियमावली,२०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयन गरिएको छ । आफ्नै नामबाट छोरीको नागरिकता बनेपछि आमा लिलसराले आफ्नो महत्वपूर्ण जिम्मेबारी र दायित्व पुरा भएको प्रतिकृया दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी आर्चायले संविधान तथा प्रचलित कानुनअनुसार नागरिकका हकअधिकार सुनिश्चित हुनुपर्ने भएकाले बुबाको परिचय नभएको अवस्थामा आमाको नामबाट नागरिकता प्रदान गरिएको बताउनुभयो ।