बागलुङ्गे माया पञ्चेबाजा गीतको म्युजिक भिडियो सार्वजनिक
- ९ पुष २०८२, बुधबार
- 117 पटक पढिएको
म्याग्देली कलाकारहरुले तयार पारेको पञ्चेबाजा गीत ‘बागलुङ्गे माया’ म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ । म्याग्देली कलाकार बाबुराम रसाइलीको संगीत, सुजल विश्वकर्माको शब्द संकलनमा तयार पारिएको उक्त गीतमा गायक अमित विश्वकर्मा र दिलु मगरको स्वर रहेको छ ।

मंगला गाउँपालिका–३ सातविसेमा छायांकन गरिएको म्युजिक भिडयोमा राम बाबु,थममाया घर्ति मगर, करन कँडेल, यसोदा कार्की लगायतले अभिनय गर्नुभएको छ भने समिर रामदामले म्युजिक भिडियोको निर्देशन गर्नुभएको छ ।