म्याग्दी जेसीजका शाखा अध्यक्ष घर्तिलाई नेपाल जेसीजद्धारा सम्मान
- ९ पुष २०८२, बुधबार
- 67 पटक पढिएको
म्याग्दी, ९ पुस । म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्ति क्षत्री सम्मानीत हुनुभएको छ । जनकपुरमा सम्पन्न नेपाल जेसीजको ५२ औँ राष्ट्रिय महाधिवेशनमा खेलकुद मार्फत महिला शसक्तिकरण लगायतका उत्कृष्ट कार्यक्रमहरु सञ्चालन गरेकोमा म्याग्दी शाखालाई सम्मान गरिएको हो ।
शाखा अध्यक्ष घर्ति क्षत्रीलार्ई नेपाल जेसिज २०२५ का राष्ट्रिय अध्यक्ष रजनी थापाले खादा र सम्मानपत्र दिएर कार्यक्रममा सम्मान गर्नुभएको थियो । सन २०२५ मा घर्तिको नेतृत्वमा रहेको म्याग्दी जेसीजले म्याग्दीमा युवा सशत्तिकरण, क्षमता विकास, सचेतनामुलक कार्यक्रम, स्वास्थ्य शिविर, सरसफाई, जेसीजकप फुटवल लगायतका रचनात्मकहरु सञ्चालन गरेका थिए ।