म्याग्दी जिल्लाबाट घलेम्दी हाईड्रो उत्कृष्ट करदाताको रुपमा सम्मानीत

  • ६ मंसिर २०८२, शुक्रबार
  • 1 पटक पढिएको

बागलुङ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा बागलुङमा उत्कृष्ट करदातालाई सम्मान गरिएको छ । आन्तरिक राजश्क कार्यालय बागलुङले दिवसको अवसरमा धौलागिरी क्षेत्रका चार उत्कृष्ट करदातालाई सम्मान गरेको हो । कार्यालयले म्याग्दी जिल्लाबाट घलेम्दी हाईड्रो लिमिटेडलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको छ । उक्त संस्थाले ५५ लाख ५६ हजार ६० रुपैयाँ ६३ पैसा कर दाखिला गरेको थियो ।

  हाईड्रोका तर्फबाट संचालक प्रमोद कुमार श्रेष्ठलाई सम्मान प्रदान गरिएको आन्तरिक राजश्व कार्यालय बागलुङका कर अधिकृत राजन शर्माले जानकारी दिनुभयो । बागलुङबाट ग्रिन डेभलपमेण्ट बैंक लिमिटेडलाई सम्मान गरेको हो । बैंकले कुल १ करोड ९३ लाख ४८ हजार १२२ रुपैयाँ ८८ पैसा कर दाखिला गरेर धौलागिरी क्षेत्रमा नै सवै भन्दा बढि राजश्व दाखिला गर्ने संस्थाको रुपमा पुरस्कृत तथा सम्मानित भएको हो । बैंकको तर्फबाट प्रवन्धक हेमराज शर्माले सम्मान ग्रहण गर्नुभएको थियो । त्यस्तै उत्कृष्ट कर दाखिला गर्नेमा कार्यालयले पर्वतबाट द क्लिप प्रा.ली.लाई सम्मान गरेको छ । क्लिपले ४६ लाख २१ हजार २९९ रुपैयाा ८३ पैसा कर दाखिला गरेको हो । क्लिपको तर्फबाट संचालक राजकुमार जोसीले सम्मान ग्रहण गर्नुभएको थियो । त्यसैगरी मुस्ताङबाट अमित विल्डर्स उत्कृष्ट भएको छ । कुल २२ लाख ९६ हजार १८ रुपैयाँ ५३ पैसा कर दाखिला गरी विल्डर्सको तर्फबाट संचालक प्रेम तुलाचनलाई सम्मान गरिएको थियो ।


कार्यालयले हरेक वर्ष कर दिवसको अवसरमा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । पुरस्कृत हुने चार वटै संस्था धौलागिरी विगतमा पनि उत्कृष्ट कर दाखिला गर्नेकै सूचिमा रहेका छन । मंसिर १ गते राष्ट्रिय कर दिवस भएता पनि आन्तरिक राजश्व कार्यालय देशभरीमा नै सर्वोकृष्ट कार्यालय भएका कारण बागलुङमा दुई दिन पछाडी कर दिवस मनाइएको कार्यालयका प्रमुख कर अधिकृत प्रमोद कुमार श्रीवास्तवले जानकारी दिनुभयो । कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले देशमा राजश्व संकलनमा निजि क्षेत्रको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो। कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य संघका प्रतिनिधि सञ्जय कुमार श्रेष्ठ, पुरस्कृत व्यक्तित्व मुस्ताङका व्यवसायी प्रेम तुलाचन, पर्वतका राजन कुमार जोशी लगायतले करदिवसको अवसरको शुभकामनाका साथै देशलाई आर्थिक समृद्धिको वातावरण सिर्जना गर्न राज्यले राजश्वमा मितव्ययिता ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत प्रमोद कुमार श्रीबास्तवको अध्यक्षता कर अधिकृत राजन शर्माको स्वागत र राजन सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।