गलेश्वर शिवालयमा बालाचतुर्दशी मेलाको तयारी तिब्र (भिडियाे )
- २ मंसिर २०८२, सोमबार
- 23 पटक पढिएको
म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित गलेश्वर शिवालय मन्दिरमा बालाचतुर्दशी मेलाको तयारी तिब्र पारिएको छ । यस बर्ष मङ्सीर ३ गते परेको बालाचतुर्दशी मेलामा सतबीज छर्न आउने भक्तजनहरुको सहजताका लागि आबश्यक तयारीलाई अन्तिम चरणमा पु¥याईएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
देशभरबाट गलेश्वर शिवालयमा आउने भक्तजनहरुलाई पालैपालो शिवालयको दर्शन गर्न र सहज रुपमा मन्दिर परिसरबाट पवित्र कालीगण्डकी नदीसम्म सतबिज छर्ने वातावरण बनाउनका लागि शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीको संयोजकत्वमा मुल समिति र विभिन्न २४ वटा उपसमिति मार्फत पूर्वतयारीका कार्यहरु भैरहेको कोषले जनाएको छ।

शिवालय मन्दिर र परिसरलाई सरसफाई र रंगरोगन गरेर चिटिक्क पार्न थालिएको छ । परापूर्वकालदेखि नै गलेश्वर शिवालयमा बालाचतुर्दशी पर्वको अवसरमा सतबीज छर्ने परम्परा र संस्कृति रहेको र सतबिज छर्दा मनोकांक्षा पुरा भइ पुन्य लाभ हुने जनविश्वास रहेको कोषका सदस्य सचिब सम्मर बहादुर थापाले बताउनुभयो ।

अघिल्लो दिन रातीमा जाग्राम बसी भजन कृर्तन गाउने र पितृहरुको नाममा बक्ति बालेका सर्वसाधारणले मङ्सिर कृष्ण चतुर्दशीका विहानै देखी प्रसिद्ध कालिगण्डकी नदीमा नुहाएर सतबीज छर्ने परम्परा रहेको छ । यस बर्ष बालाचतुर्दशी पर्वमा गलेश्वरमा करिब ३० हजार भक्तजनहरु आउने अनुमान गरिएको छ । कालीगण्डकी नदी किनारमा एउटै नौ रोपनी चक्रशिलामा अवस्थित गलेश्वर शिवालय मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको छ भने विश्वकै अलौकिक तिर्थस्थलको रुपमा समेत परिचित छ ।