रितुङ्ग माविमा स्मार्टबोर्ड खरिद गर्न रु दुई लाख सहयोग

  • २२ कार्तिक २०८२, शुक्रबार
  • 1 पटक पढिएको

म्याग्दी, २१ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका– ८ कुइनेमंगलेको दुलेखर्कमा अवस्थित रितुङ्ग माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड खरिदका लागि रु दुई लाख सहयोग प्राप्त भएको छ । मंगलेखानी बस्तीका दिवंगत देविप्रसाद छन्त्यालको स्मृतिमा उहाँका घरपरिवार र आफन्तजनले विद्यालयमा स्मार्ट बोर्ड खरिदका लागि उक्त सहयोग गर्नुभएको हो ।   गाउँपालिकाको सबैभन्दा दुर्गम ठाउँको विद्यालयको रुपमा परिचित यस विद्यालयमा शिक्षण सिकाईमा आधुनिक सूचना प्रविधिको उपयोगका लागि स्मार्ट बोर्ड खरिद गर्न लागिएको हो । शुक्रवार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच दिवंगत छन्त्यालका छोरी प्रेमकुमारी छन्त्याल र नातिनी बुहारी गिता फगामी छन्त्यालले विद्यालयका प्रधानध्यापक खिमबहादुर छन्त्याल र कार्यबहाक अध्यक्ष पदमबहादुर छन्त्याललाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
भौगोलिक रुपमा विकटता रहेको यस विद्यालयमा सूचना तथा सञ्चार र प्रविधिमैत्री पठनपाठनका लागि उक्त सहयोग गरिएको विद्यालयका पूर्व शिक्षक समेत रहनुभएका सहयोगदाता गिता फगामी छन्त्यालले बताउनुभयो । उक्त अवसरमा विद्यालयले सहयोगदाताहरुलाई फुल माला र अविर लगाएर सम्मान समेत गरेको विद्यालयका शिक्षक याम घर्तिमिरेले जानकारी दिनुभयो ।
विद्यालयमा स्मार्टबोर्ड गरिदका लागि सहयोग गर्ने दाताहरु
छोराबुहारीहरु
याम प्रसाद छन्त्याल – सन्देवी छन्त्याल
मिम प्रसाद छन्त्याल – सन्देवी छन्त्याल
छोरी ज्वाइहरु
नन्द कुमारी छन्त्याल
होमदेवि छन्त्याल – चित्रमान छन्त्इाल
समाया छन्तयाल – भिम बहादुर छन्त्याल
हमति छन्तयाल–भिम बहादुर छन्त्याल
प्रेम कुमारी छन्त्याल – खर्क बहादुर छन्त्याल
नातिनातिनाहरु
विजय गुरुङ्
ओमविक्रम छन्त्याल
समकुमारी छन्त्याल
नुकेश छन्तयाल
कमल छन्त्याल
बिमल छन्त्याल
इश्वर छन्त्याल
रेखा छन्त्याल
साजन छन्त्याल
सागर छन्त्याल
पुनम छन्त्याल
गिता छन्त्याल
प्रिया छन्त्याल
एनिसा छन्त्याल
इशान छन्त्याल
मिसान छन्त्याल
सनम छन्त्याल