गुर्जा समाज काठमाडौंको अध्यक्षमा लिलमाया छन्त्याल

  • १४ कार्तिक २०८२, बिहीबार
  • 1 पटक पढिएको

गुर्जाको सम्पदा र संस्कृतिको संरक्षण गर्दै सदस्यहरुबीच आपसी सदभाव जोगाउदै सामाजिक तथा व्यवसायिक रुपमा स्थापित हुने उद्देश्य सहित आज भन्दा दश वर्ष पहिले स्थापना भएको गुर्जा समाज काठमाडौंको चौथो भेलाले संस्थाका वरिष्ठ उपाध्यक्ष लिलमाया छन्त्याललाई सर्वसम्मतरुपमा अध्यक्षमा चयन गरेको छ । 

धवलागिरी गाउँपालिका समाज काठमाडौंका अध्यक्ष लिलबहादुर पुनको प्रमुख आतिथ्य, समाजका अध्यक्ष रुपना छन्त्यालको अध्यक्षतामा र सल्लाहकार दिपबहादुर छन्त्यालको निवास वानियाँटारमा सम्पन्न सो भेलाले वरिष्ठ उपाध्यक्षमा पदम छन्त्याल, उपाध्यक्ष हिरादेवी छन्त्याल, सचिव विष्णुदेवी छन्त्याल, कोषाध्यक्ष मीना छन्त्याल, सहसचिव पुर्णकुमारी छन्त्याल र सहकोषाध्यक्षमा सविना छन्त्याल सर्वसम्मत चयन हुनु भएको छ ।

त्यसैगरी सो भेलाले समाजको सल्लाहकारमा संस्थापक अध्यक्ष समप्रसाद छन्त्याल, पूर्वअध्यक्ष मोमकुमारी छन्त्याल,पूर्वकोषाध्यक्ष रेशमबहादुुर छन्त्याल,गंगादेवी छन्त्याल र ललितमान छन्त्याललाई मनोननयन गरेको छ भने सांस्कृतिक उपसमितिको संयोजकमा सविना छन्त्याल,उपसंयोजकमा बीना छन्त्याल र सदस्यहरुमा काँसी छन्त्याल,तेकमति छन्त्याल,बेलमति छन्त्याल,सुकमति छन्त्याल र हिमकुमारी छन्त्याललाई मनोनाय गरेको छ ।

करिव दुई दशक देखि राजधानीमा विभिन्न पेशा र व्यवसायमा गर्दै आएका गुर्जा समाजमा हाल ३६ घर संख्या रहेका छन् ति सबै घरहरु समाजका एक घर एक सदस्य रहने व्यवस्था छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाइ तथा शुभकामना दिनु हुँदै प्रमुख अतिथि लिलबहादुर पुनले धवलागिरी गाउँपालिका समाज काठमाडौंका ७ वडा स्तरिय समितिहरुमा विकट हिमाली गाउँ गुर्जा समाजको एकता , सक्रियता, सहभागिता र प्रस्तुतिहरु उत्कृष्ट र प्रशंसा योग्य रहेको बताउनु हुँदै पाकिला समाजको हरेक कार्यक्रममा यस समाजको भूमिका महत्वपूर्ण रहेकोले यसका लागि यस समाज र सदस्यहरुलाई हार्दिक धन्यवाद दिनु हुँदै, आगमी दिनहरुमा पनि त्यस्तै किसिमको सहयोग र सहभागीताका लागि अनुरोध गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा निवर्तमान अध्यक्ष रुपना छन्त्यालले नयाँ समितिलाई बधाइ दिनु हुँदै आफनो कार्यकालमा जस्तो भूमिका मैले निभाएको थिए यो समितिलाई पनि त्यस्तै सहयोग गर्ने विश्वास दिलाउनु हुँदै नवनिर्वाचित अध्यक्ष लिलमाया छन्त्याललाई कार्यभार हस्तान्तरण गर्नु भएको थियो भने समाजका सल्लाहकार दिपबहादुर छन्त्याल र प्रमुख अतिथि लिलबहादुर पुनले नवनिर्वाचित पदाधिकारी तथा सल्लाहकारहरुलाई स्वागत गर्र्दै बधाई दिनु भएको थियो । त्यसैगरी कार्यक्रममा यस वर्षको देउसी भैलोबाट २ लाख ७३ हजार २ सय चन्दा संकलन भएको जानकारी गराईएको थियो ।