मोना बेल्जियमको अध्यक्षमा ज्ञान रकाल चयन

  • २८ आश्विन २०८२, मंगलवार
  • 99 पटक पढिएको

म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमको अध्यक्षमा रकाल चयन हुनुभएको छ । संस्थाको नवौँ अधिवेशनबाट रकालको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन भएको हो ।
समितिको निवर्तमान अध्यक्षमा सुमन थापा “प्रदिप“,वरिष्ठ उपाध्यक्षमा ज्ञानु बरुवाल, उपाध्यक्षमा कृष्ण सुनार, रामचन्द्र थापा मगर, महासचिवमा सुदिप सेर्पुन्जा, सचीवमा लिलाधर पौडेल, कोषाध्यक्षमा अमिर शाही र सह–कोषाध्यक्षमा किरण शाही चयन हुनुभएको छ ।

समितिको सदस्यहरुमा सज्जन हमाल , मोहन रोका मगर , बिशाल मल्ल , भुवन आचार्य (खेलकुद संयोजक), देबी प्रसाद भण्डारी (साँस्कृतिक विभाग संयोजक), कृष्ण चोखाल , फुलमती बिक , राजु रामदाम चयन हुनुभएको छ । संस्थाका निवर्तमान अध्यक्ष सुमन थापाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पुर्ब अध्यक्ष योगेन्द्र श्रेष्ठ, योगेन्द्र बिक, रकेन्द्र घिमिरे र सल्लाहकारहरु चन्द्र प्रकाश शर्मा र ललित जुग्जाली लगायतको सहभागीता रहेको थियो । मोना बेल्जियमले विभिन्न सामाजिक गतिविधिका कार्यहरु गर्दै आएकाे छ ।